पोखरामा १५० रुपैयाँमै बफेट खाना

सराङकोट न्यूज
24 June, 2023 9:33 am
Advertisements

पोखरा

पोखराको मुख्य बजार चिप्लेढुंगाको ट्रेडमलको पाँचौ तल्लामा भिडभाड देखिन्छ यतिखेर । हो क्लासिक चुलो रेष्ट्रो एण्ड वेक्यूटले १५० रुपैयाँमै बफेट भेज खाना र ३५० रुपैयाँमा बफेट ननभेज खानको स्किम ल्याएपछि लाइन लाग्नु पर्ने अवस्था आएको छ । विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म खानाको स्किम चलाइएर्को क्लासिक चुलो रेष्ट्रो एण्ड वेन्क्यूटका संचालक राजेन्द्र तिमिल्सिनाले बताए ।
युवा व्यवसायी राजेन्द्रको नयाँ सोचले ल्याएको सस्तोमा रेष्टुरेण्टको खाना सुपथ मूल्यमा रोजी रोजी खान पाउने भएपछि पोखरेलीको मन टे«ड मलको क्लासिक चुलो तर्फ तानिएको छ । रेष्टुरेण्टका कर्मचारीलाई विहानै देखि भ्याइ नभ्याई देखिन्छ । विहानै बजारमा कामको लागि निस्कनेहरुका लागि क्लासिक चुलो घरकै चुलो जस्तै सामान्य लाग्ने गरेको बताउँछन् । पोखरा १४ का सूचना अभियन्ता शुक्रराज कंडेल भन्छन् हामीहरु जस्ता व्यस्त व्यक्तिहरुका लागि क्लासिक चुलो रेष्टुरेन्ट वरदान जस्तै वन्दै गएको छ । कंडेल भन्छन् महंगीको चापले सेकिएको वेला क्लासिक चुलोको खाना मिठो पनि सुपथ पनि रहेछ।
१५० रुपैयाँ रेष्टुरेन्टको वफेट खाना खुवाउन कसरी सम्भव छ ? रेष्टुरेण्टका संचालक राजेन्द्र तिमिल्सिना भन्छन् गुणात्मक र संख्यात्मक दुवैलाई ध्यान दिएर सेवा दिएका छौ यसमा नाफा भन्दा सेवा दिएर धान्ने काम गरेका छौं ।
पोखरामा रेष्टुरेण्टमा भेज खानाको साढे दुई सय माथि माथि रहेको छ भने नन भेज खाना ६ सय रुपैयाँ वरिपरि रहेको अवस्थामा झण्डै ५० प्रतिशत छुटमा क्लासिक चुलोले पेट फुल अफर ल्याएको छ । विहान ९ बजेबाट दिनको ३ बजेसम्म यो अफर चलिरहँदा ग्राहकबाट साँझको खानाको लागि पनि स्किम थप गर्न माग आएको छ । संचालक तिमल्सिनाले ग्राहकको माग लाई सम्बोधन गर्ने गरी सन्ध्याकालिन सेवा ल्याउने तयारी भइरहेको बताएका छन् ।
पोखरा पर्यटनको राजधानी शहर हो । आन्तरिक पर्यटकहरुको लागि पोखराको केन्द्रभागमा रहेको सर्वसुलभ मूल्यका रेष्टुरा हरुले राहत दिन सक्ने अपेक्षा राखिएको छ । ग्राहकको चाप बढेका कारण यस्ता सुपथ मूल्यका रेष्टुरेण्टहरु थप खुल्न आवश्यकता महसुस गरिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: