सरकारी अस्पतालको जग्गा निःशुल्क लिने दिने दुवैलाई अख्तियारको उन्मुक्ती

सराङकोट न्यूज
5 July, 2023 10:28 am
Advertisements

पोखरा

पोखरा महानगरपालिका वडा नं. १६ हेल्थ पोष्टमा रहेको कोमागाने मातृशिसु मितेरी अस्पतालले २०७७ साल असार २२ गते प्रभु बैंकलाई शाखा खोल्न र एटिएम राख्ने प्रयोजन का लागि मुल सडक संगै जोडिएको जग्गा निःशुल्क उपलब्ध गरायो । १५ वर्षका लागि बैंकलाई निःशुल्क जग्गा दिने करार सम्झौता बैंकका प्रदेश प्रमुख शान्ती शेरचन र अस्पताल विकास समितिका तत्कालिन अध्यक्ष उषा वरुवालले हस्ताक्षर गरेकी छिन् । अस्पताल व्यवस्थापन समितिको निर्णयमा व्यवसायिक नाफामुखी बैंकलाई निःशुल्क जग्गा दान दिने करार सम्झौतामा बत्ति पानी समेतको पैसा बुझाउनबाट बैंकलाई छुट दिएको छ जसको कारण सरकारी अस्पतालले घाटा बेहोर्न परेको छ ।
सरकारी अस्पतालको जग्गा बैंकलाई भाडामा दिँदा सार्वजनिक खरिद ऐन लाई कुल्चिएको पाइएको छ । बैंकहरु मध्यबाट सूचना प्रकाशन गरि जग्गाको बढी भाडा दिने बैंकलाई जग्गा भाडा करार सम्झौता दिनु पर्नेमा त्यसो नगरी सटाकसुटुक ढंगले अध्यक्ष उषा वरुवाल आफैले हस्ताक्षर गरि प्रभु बैंकलाई जग्गा दिलाएको पाइन्छ । त्यसबाट सरकारले मासिक पाउनुपर्ने भाडा रकम गुमाएको छ । राज्यको पक्षमा हानी नोक्सानी पुर्याउने गरि भएको करार सम्झौताको बारेमा आम नागरिकमा असन्तुष्टि छाएको छ ।


यस प्रकरणका सम्बन्धमा २०७९ भाद्र ७ गते सराङकोट साप्ताहिक पत्रिकाले एक रिपोर्ट प्रकाशन गरेको थियो । रिपोर्ट प्रकाशन पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयेगले छानविन गरेको थियो । तर अख्तियारले गरेको छानविन बाट सित्तैमा सरकारी जग्गा दिने अपताल व्यवस्थापन समिति र सित्तैमा जग्गा प्राप्त गर्न सफल भएको प्रभु बैंकलाई उन्मुक्ति दिइएको पाइएको छ ।
अख्तियारको छानविन पछि सार्वजनिक खरिद ऐनलाई कुल्चिएर नाफामुखी वित्तिय संस्था प्रभु बैंकलाई सित्तैमा जग्गा दान दिने गरी भएको करार सम्झौता रद्ध हुने अपेक्षा गरिएको थियो तर अख्तियारले उक्त छानविनलाई विस्तृतमा नलगि तामेलीमा थन्क्याएको बुझिएको छ । अस्पताल विकास समितिकोे वर्तमान कार्यसमितिले समेत अस्पताललाई हानी नोक्सानी पु¥याउने गरि २०७७ असार २२ गते गरिएको सम्झौता खारेजीको माग गर्दै आएको छ । बेरित पूर्वक सम्झौता भएको प्रभु बैंक संगको कारोबार समेत अन्य बैंकमा सारेको अध्यक्ष धर्मराज थापाले बताए । अस्पताल विकास समितिका सदस्य गुरुदत्त भट्टराईले भने “सरकारी अस्पताललाई हानी नोक्सानी पु¥याउने सम्झौता करार रद्ध नभएसम्म हाम्रो मन मान्दैन विरोध जारी राख्छौं ।”

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: