आइतबारदेखि पोखराबसपार्क भरिभराउ पृथ्वीचोक देखि चाइनापुल सम्म दुबैतर्फ नो पार्किङ जोन

सराङकोट न्यूज
23 July, 2023 7:39 pm
Advertisements
पोखराको मुख्यचोक पृथ्वीचोक देखि चाइनापुलसम्म सडकको दायाँबायाँ सवारी साधन पार्किङ गर्न रोक लगाइने भएकोक  छ ।
जिल्ला सुरक्षा समितिको निर्णयलाई आइतबारदेखि लागू गरिने भन्दै पोखरा महानगरपालिकाले सूचना जारी गरेको हो ।जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समिति कास्कीको निर्णय तथा पोखरा महानगरपालिकाको व्यवस्थापनमा पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ कुनै पनि प्रयोजनका लागि सवारी साधन पार्किङ गर्ने कार्य मिति २०८० साउन ७ गते आइतबारदेखि पूर्ण रुपमा निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिन्छ ।’
उक्त निर्णयलाई अवैज्ञा गरेको खण्डमा नियमानुसार कारवाही गर्ने पोखरा महानगरपालिकाले जनाएको छ । यो निर्णय कार्यान्वयन भएमा पोखराको सुन्दरता थप आकर्षक  देखिने छ । बिहान ३ बजेदेखी राती १० बजेसम्म सडक अस्तब्यस्त हुँदै आएकोछ ।अब बसपार्क  भित्र बाटै यात्रुले बस चड्ने र ओर्लनु पर्ने हुन्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: