पोखरा विश्वविद्यालय विवाद प्रकरणः परीक्षामा मनपरी गरेको भन्दै अख्तियारमा उजुरी

यदुनाथ बन्जारा
29 July, 2023 10:25 am
Advertisements

पोखरा

प्रधानमन्त्री कुलपति रहने विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा बेथितिको श्रृंखला चुलिन्छ भने अन्य स्थानको हालत के होला ? केही प्रकरणहरु गत हप्ताहरुमा प्रकाशन गरेका छौं परीक्षा समयमा नहुने, परीक्षा भइहालेमा नतिजा समयमा नहुने महारोगले पोखरा विश्वविद्यालय ग्रसित छ ।
त्यतिमात्र हैन पोखरा विश्वविद्यालयको जग्गामा एउटा रहस्यमय भवन बन्दैछ । सरकारी जग्गामा त्यो घर स्वार्थ बाझिने गरि निजि कलेजहरु जसलाई पोखरा विश्वविद्यालयले सम्बन्धन दिएको छ उनीहरुले पैसा उठाएर बनाइदिएको स्रोतले बताएको छ तर पुष्टि हुन भने बाँकी छ हामीले लिखित सूचना माग गरेका छौं त्यो घर कसले किन बनायो भनेर तर सूचना अधिकारीले जवाफ दिएका छैनन् ।
उधारो संबन्धन बेचेर धोका दिने पोखरा विश्वविद्यालयले आफ्नो साख गुमाइसकेको छ । १० वर्ष अघि उठाएको पैसा सम्बन्धन नदिई रित्तो हात फर्काएर ङिच्च दाँत देखाएको पोखरा विश्वविद्यालयले गत भाद्र (२०७९) मा आव्हान गरेको सम्बन्धन बेच्ने निर्णयका सम्बन्धमा अझैसम्म साँइसुई केही छैन । कतिवर्ष पछि रित्तो हात फर्काउने हो कुनै ठेगान नभएको निवेदकहरु बताउँछन् ।

परीक्षामा मनपरि गरेको भन्दै उजुरी

पोखरा विश्वविद्यालयले गत चैत्रमा लिएको पिएचडी इन डेभलपमेन्ट स्टडीको परीक्षा विवादमा तानिएको छ । उक्त परीक्षा मापदण्ड विपरित सञ्चालन गरि नीति, नियम र प्रकृया विपरित नतिजा प्रकाशन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी परेको छ ।
पोखरा विश्वविद्यालयले लिएको परीक्षामा प्रश्नपत्र बनाउने देखि नतिजा प्रकाशन सम्मको कार्यमा परीक्षा सञ्चालन सम्बन्धी नियमावली २०५८ लाई कुल्चिएर केही शिक्षक प्राध्यापकको लहडमा परीक्षा लिइ नतिजा निकालिएको ले सत्यतथ्य छानविनको माग गरि संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष उजुरी परेको विश्वस्त समाचार स्रोतले सराङकोटलाई बताएको छ .

 

 

परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई व्यवस्थित बनाउन विभिन्न प्रकृया र प्रावधान स्पष्ट तोकिएका छन् । प्रश्न पत्र तयारीका लागि विज्ञ छनोट मनोमानी गर्ने निजहरुलार्ई निश्चित कार्यदेश सहित नियुक्ति पत्र दिनुपर्ने हुन्छ । तर पिएचडी इन डेभलपमेन्ट स्टडीको गत चैत्रमा लिएको परीक्षामा प्रश्नपत्र छनोट गर्ने विज्ञहरुलाई नियुक्ति पत्र समेत नदिएको आशंका गरिएको छ । यस्तै प्रश्नपत्र तयारी ,उत्तर पुस्तिका मुल्याङ्कन सम्बन्धी सर्त विपरित कार्य गरि परीक्षा लिइएको र केही विषयको प्राक्टिस वैंकको नाममा विद्यार्थीलाई प्रश्न संगालो दिई पुर्व प्रकाशित प्रश्न निकालेर विद्यार्थीलाई अनुकुलता प्रदान गरेको तर्फ छानविन माग गरिएको छ । त्यति मात्र हैन परीक्षाको मर्यादा र गोपनियता को मुख्य सर्त उत्तर पुस्तिकाको परीक्षण कोडिङ डिकोडिङ गरि मात्र गर्नु पर्छ तर विश्वविद्यालयले लिएको परीक्षामा कोडिङ डिकोडिङ नगरि कपि परिचित हुने गरि परीक्षण गरि नम्बर दिई परीक्षाफल प्रकाशन गरिएको बताइएको छ ।यस विषयमा पोखरा  विश्वविद्यालयका डिन डा.अजय थापा सँग प्रतिक्रिया लिदा यस विषयमा बुझेर बताउने जबाफ दिए। विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा यस्तो आरोप लाग्नुलाई किमार्थ राम्रो मान्न सकिदैन । अधिकार सम्पन्न निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने सत्यतथ्य छानविन पश्चात आउने परिणामको प्रतिक्षा गर्नुपर्ने नै हुन्छ ।
विधि प्रकृया विपरीत काम गर्ने गरेको भन्दै पोखरा विश्वविद्यालय विवादको घेराबाट वाहिरिन सकेको छैन ।गुणस्तरीय नैतिक शिक्षा दिएर योग्य नागरिक उत्पादन गर्ने प्राज्ञिक क्षेत्रको वेथितिका श्रृंखलालाई कसरी न्युनिकरण गर्ने ? त्यसतर्फ पोखरा विश्वविद्यालय जिम्मेवार बन्नु पहिलो कर्तव्य हुन आउँछ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: