१४५ औषधी ब्यबसायीले घुम्ती सेवा लिए

सराङकोट न्यूज
22 January, 2024 8:42 am
Advertisements

देशमा संघीयता कार्यान्वयनमा आएको १ दशक बित्न लागिसक्दा पनि स्वास्थ्य मन्त्रालय अन्तरगतको औषधी ब्यबस्था बिभागलाइ संघीयता कार्यान्वएनमा लगिएको छैन । नेपालगन्ज बिरगन्ज र बिराटनगरका बाहेक अन्य प्रदेशमा रहेका ब्यबसायीहरुले सानो तिनो कामका लागि समेत केन्द्रिय राजधानी काठमाडौ धाउनु पर्ने बाध्यता यथावत रहेको छ । पन्चायत कालमा नागरिक्ता बाड्न टोलि गठन गरिए जस्तै गरि टुर मुकाम गरि घुम्ती सेवा दिने काम गरेकोमा खुसी हुनुपर्ने बाध्यता र अबस्था रहेको पाइन्छ ।
यसै क्रममा औषधि ब्यबस्था बिभाग काठमान्डूको टुर मुकाम (घुम्ती ) टोलिले पोखरामा आएर एक हप्ता सेवा प्रदान गरेको छ । माघ २ गते देखि ७ गते सम्म पोखरामा खटिएको मुकामले १४५ जना ब्यबसायीलाइ सेवा प्रदान गरेको छ । औषधि पसल नवीकरण , ब्यबसाय कार्ड नवीकरण सम्बन्धि कार्य सम्पन्न भएको औषधी ब्यबसायी संघ गन्डकी प्रदेश समितिका अध्यक्ष कृष्ण प्रसाद पान्डेले बताए ।

औषधी ब्यबस्था बिभागका फार्मेसी अधिकृत मणिराज श्रेस्ठको नेतृत्वमा आएको टोलिले प्रदेश स्वास्थ मन्त्रालय परिसरमा सेवा प्रदान गरेको थियो ।गन्डकि प्रदेशको राजधानी सहरमा प्रदेशका सबै जिल्लालाइ केन्द्रित गरि आयोजित घुम्ती सेवामा विभिन्न जिल्लाका ब्यबसायीले सेवा लिइएको औषधि ब्यबसायी सङ कास्किका अध्यक्ष धिरज गौतमले बताए ।
गण्डकी प्रदेशमा करिब १५ सय ब्यबसायी रहेका छन । बिभागको प्रदेश स्तरीय कार्यालय पोखरामा राख्न सकेमा दर्ता , नवीकरण ,अनुगमन , र नियमन गर्न सहजता आउने भन्दै ब्यबसायीहरुको सस्था औषधि ब्यबसायी संघ गण्डकी र जिल्ला समितिले पहल गर्दै आएको छ ।राजनीतिक नेतृत्व र उच्च प्रशासक तहको खास पहल नहुदा पोखराले शाखाको सुबिधा पाएको छैन ।यद्दपी लामो कसरत पछि टुर मुकाम ल्यायर भए पनि सेवा प्रदान गरिएको छ । आइतबार कार्यक्रम समापन गर्दै औषधी व्यावसायि संघमा आबद्द व्यावसायिहरुले मुकाममा खटिएका कर्मचारी र प्रदेश स्वास्थ मन्त्रालयलाई धन्यबाद ज्ञापन गर्दै प्रशंसा पत्र दिएका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: