जेलबाट निस्केपछि फ्यानलाई सलमानको भावुक सन्देश

सराङकोट न्यूज
10 April, 2018 7:59 am
Advertisements

दुई रात जेल बसेर निस्केका बलिउड अभिनेता सलमान खानले आफूलाई सपोर्ट गर्ने फ्यानहरुका लागि भावुक सन्देश लेखेका छन् । सन्देशमा उनले फ्यानहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

सलमानले लेखका छन्, ‘मेरा सबै पि्रयजन तथा जो मेरो साथमा छन्, कहिल्यै हिम्मत हारेनन् । उनीहरु सबैप्रति म कृतज्ञ छु ।’

जेलबाट निस्किएपछि सलमान निकै रिल्याक्स्ड फिल गरिरहेका छन् । सोमबार उनी एउटा विद्यालयको कार्यक्रममा अप्रत्याशितरुपमा पुगेका थिए । उनी आफ्नो भतिज पढ्ने स्कुलमा आयोजित कार्यक्रममा भाग लिन पुगेका हुन् । सो कार्यक्रममा उनी बालबालिकाहरुसँग रमाए ।

सुरुमा सलमानलाई अगाडि देख्दा बालबालिकाहरु अचम्भित बनेका थिए । तर, सलमानले आफ्नो कुल हाउभाउबाट उनीहरुलाई सहजै आश्वस्त बनाए । बालबालिकाहरुले उनीसँग सेल्फी खिचे । सँगै आइसक्रिम खाए ।

कालो हरिणको शिकार गरेको केसमा जोधपुर जेलमा थुनिएका सलमान ५० हजार धरौटीमा रिहा भएका हुन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: