नेपाली चलचित्र मट्टी मालाबाट संज्ञाको डेब्यु

सराङकोट न्यूज
17 May, 2018 11:38 am

राजाराम पौडेल

नेपाली चलचित्र मट्टी मालाबाट डेब्यु कलाकार संज्ञा श्रेष्ठ आबश्यकता अनुसार अंग प्रर्दशन गुर्नलाई ग्लामर्स भन्न नमिल्ने बताउँछिन् । ‘छोटा लुगा लगाउदैमा ग्लामर्स हुदैन’ उनले भनिन् । हालसम्म अविवाहित रहेकी उनले साइत जुरे विवाह हुने बताउँछिन् । विवाहको लागि प्रस्ताव आइरहेको भएपनि उनले हालसम्म स्विकार गरेकी भने छैनन् । सनराइज बैकमा कार्यरत रहेकी उनी फुटबल खेल तर्फ रुचि राख्छिन् । दैनिक जिम जाने उनी टेनिस पनि खेल्छिन् । चितवनमा जन्मिएकी उनलाई फुर्सदको समयमा घुम्न मनपर्छ । उनले विभिन्न पत्रिकामा फोटो सुट र विज्ञापनमा मोडलिङ समेत गरेकी छन् ।

Advertisements

प्रर्दशनको तयारीमा रहेको चलचित्र मट्टी मालामा टिपिकल नेवारको छोरीको भुमिकामा उनी देखिनेछन् । ५ फिट ५ इन्च अग्ली उनमा चलचित्र क्षेत्रमा केही गर्न सक्छु भन्ने आत्मविश्वास छ । रियल स्टोरीका चलचित्र प्रति रुचि राख्ने उनले स्नाकोत्तर सम्मको अध्ययन गरेकी छन् ।

काठमाण्डौ, सिन्धुलीगढी, काभ्रे, कुलेखानी लगायतका ठाउँमा छायाकंन भएको चलचित्रमा श्रेष्ठ सँगै बुद्धि तामाङ, रजनी गुरुङ, चिरन राई, पृथ्वि राई, शिशिर राना अर्जुन गुरुङ, अरुणा कार्की, विनोद राई, दिपक आचार्य, टेकराज लाङ्घाली, विक्रम लामा लगायतको अभिनय रहेको छ ।

टेके पौरखी राईले निर्देशन गरेको चलचित्रको आज जेठ २ गते ट्रेलर रिलिज गरिएको छ । पौरखी फिल्म प्रालिको व्यानरमा पृथ्वि राईको निर्माण रहेको चलचित्रको ट्रेलर हाइलाइट्स नेपाल मार्फत रिलिज गरिएको हो । चलचित्र जेठ २५ गतेबाट प्रर्दशन गर्ने चलचित्र युनिटको तयारी छ । चलचित्र पारिवारिक, रोमान्स तथा कमेडीले भरिएको निर्माण पक्षको दावी छ ।

तस्विर ः सुदर्शन रञ्जित

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: