कास्कीको मौजाबाट शुरु भयो महिलाहरुको पाठेघर सम्बन्धी समस्याको पहिचान गराउने अभियान

सराङकोट न्यूज
10 June, 2018 7:43 am
Advertisements

जेठ महिनाको चर्को घाम त्यसमा पनि खेतीपातीको समय । गाउका मानिसहरु खेतीपातिमा ब्यस्त हुने समय भएतापनि शनिवार कास्कीको मौजामा भने छुट्टै रौनक देखिन्थ्यो । सधै घरको काम र खेतीपातीमै ब्यस्त हुने मौजा गाउ वरपरका महिला दिदी बहिनीहरुको गाउमै महिला सम्बन्धी उपचारका लागी शिविरको आयोजना गरिएकाले महिला दिदी बहिनीहरुको उपस्थिती रहेको हो । महिला दिदी बहिनीहरु चर्को घाममा पनि छाता ओढेर लामबद्ध लाइनमा देखिन्थे ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० मौजा स्वास्थ्यचौकीमा शनिवार सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर ४ को आयोजनामा महिलाको पाठेघर सम्बन्धी समस्याको पहिचान तथा बृहत स्वास्थ्य शिविरमा स्वास्थ्य जांच गर्नका लागी उनीहरु भेला भएका थिए । आफ्नै गाउमा महिला सम्बन्धी डाक्टरहरु आएर घर छेउमै आफ्नो रोगको पहिचान हुने भएपछि गाउका महिला दिदीबहिनीहरु घरको कामै छोडेर शिविरमा सहभागी भएको शिविरमा उपचारका लागी आएका मौजाका अम्बिका बास्तोला ले वताइन । बास्तोला जस्तै मौजाकै माया नेपालीले पनि आफ्नै घरआगनमा महिलाहरुको समस्या सम्बन्धी उपचारका लागी विशेषज्ञ सहितको टोली आएपछि कामनै छोडेर स्वास्थ्यचौकीमा स्वास्थ्य जांच गर्न आएको वताइन ।

सामाजिक बिकास मन्त्रालयले प्रदेश नम्बर चारले आफ्नो प्रदेशका विकट बस्तीहरुमा रहेका महिलाहरुलाई लक्षित गरेर महिलाहरुको पाठेघर सम्बन्धी समस्याको पहिचान गराउने र वेलैमा उपचार गर्न अभिप्रेरित गर्ने उद्देश्यले आफ्नो मन्त्रालयले काम शुरु गरेको सामाजिक बिकास मन्त्री नरदेवी पुनले वताइन । पुनले आफ्नो प्रदेशमा रहेका महिलाहरुको स्वास्थ्यमा विशेष ध्यान दिने उद्देश्यले मौजाबाट महिलाहरुको पाठेघर सम्बन्धी समस्याको पहिचान गर्ने उद्देश्यले स्वास्थ्य शिविरको शुरुवात भएको र आगामी दिनमा दुर दराजका बस्तीहरुमा पुगी महिलाहरुको स्वास्थ्यको बारेमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने समेत वताइन ।

प्रदेश नम्बर ४ का स्वास्थ्य महाशाखाका महानिर्देशक रमेश प्रसाद अधिकारीले महिला दिदी बहिनीहरुको स्वास्थ्यलाई मध्येनजर गरी यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा निरन्तरता दिने र विकटमा रहेका स्वास्थ्य चौकीहरुका लागी नया भवनहरु निर्माण गरी आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउने लक्ष्य रहेको वताए । शनिवार सम्पन्न स्वास्थ्य शिविरमा २ सय २० जनाले सेवा लिए । जसमध्ये १ सय ५९ जना महिलाहरु सहभागी भध्ये १५ जनाको पाठेघरमा समस्या देखिएको र एक जनाको पाठेघर खस्ने समस्या पाइएको शिविरमा सहभागी डाक्टर असिमा अधिकारीले वताइन ।

सामाजिक बिकास मन्त्रालय र मौजा स्वास्थ्यचौकीको संयुक्त आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा विशेषगरी महिलाहरुको समस्या र गाउमा रहेको जो अस्पतालको पहुचबाट टाढा रहेकाहरुले सेवा पाएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले वताए । यस्ता शिविरहरुलाई दुर दराजमा रहेका गाउहरुमा सञ्चालन गर्नुपर्ने वताउदै गुरुङले आफ्नो वडामा सामाजिक बिकास मन्त्रालयले शिविर राखेर वडामा रहेका महिलाहरुलाई आफ्नो समस्याको बारेमा वेलैमा जानकारी पाउने अवसर मिलेको समेत वताए । शिविरमा डाक्टरहरु सिबि पुन, असिमा अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: