मुलुक आन्दोलनको भुवरी तर्फ उन्मुख

सराङकोट न्यूज
6 August, 2018 3:53 am

नेपालमा अहिले एक तीन चौथाइको सरकार छ । नेपालले यति वलियो सरकार ६० वर्ष पछि वल्ल पाएको छ । २०१५ सालमा वि.पि. कोइरालाको नेतृत्वमा भएको चुुनावमा कांग्रेसले दुुइ तिहाई वढी सिट जितेर सरकार वनाएको थियो । उक्त सरकार दुुइ वर्ष पनि टिक्न सकेन तत्कालिन राजा महेन्द्रले “कुु” गरेर पञ्चायती व्यवस्था लाई उदय गराएर जुुन निर्दलीय व्यवस्था थियो ।
वर्तमान सरकार यस्तै शक्ति सम्पन्न सरकार वनेको छ । तर यो शक्ति उन्मादमा वहकिन खोजेको आम नागरिकले महसुुस गरेकाछन । सरकार नेस योजना र निति नै नवनइ आवेगमा आएर शिक्षा स्वास्थ्य, यातायात क्षेत्रमा हमला गरिरहेको छ । प्रशासका सुुधार,भ्रष्टाचार निमन्त्तणा महंगी नियन्त्रण तर्फ लाग्न छोडेर सस्तो लोकप्रियता प्राप्तीका खातिर चौतर्फी हमला गरिरहेको छ।
मेडिकल स्वास्थ्य शिक्षको विषयमा सत्याग्राही डा.गोविन्द के.सी. माथी सैनिक वल प्रयोग गगिएको छ सरकारको निकट केही मेडिकल व्यवसायीक हितमा ल्याउन लागिएको चिकित्सा शिक्षा बिद्ययेक सम्बन्धि आन्दोलन अनिर्णयको वन्दी बनेको छ । डा.गोविन्द केसी सुुनसान स्थलमै जिर्ण वनेका छन् उनकै जीउ ज्यान कतिखेर के हुुने हो थाहा छैन । सरकार केहि मेडिकल कलेजका व्यापारीका इशारामा नृशंस ढंगले चलिरहेछ करोडौ जनताको हितलाई लत्याएर केही मुुठ्ठीभर व्यक्तिलाई खुुसी पार्दा मुुलुुक डुुवाउन ठिक्क छ सरकार । देशका प्रवुद्ध वर्गमात्र हैन सवै क्षेत्रले आन्दोलनमा एैक्यवद्धता जाहेर गरिरकेका छन । केपी ओली सरकार वाल हठ लिएर लोकतन्त्र र प्रतिस्पर्धाका कुुरा गरिरहेछ तर जनहितका लागि गुुणस्तरीय चिकित्सा शिक्षाको खिलापमा छ । यसले सन्सार हसाइरहेको छ ।
पछिल्ला समय याातायात क्षेत्र यस्तै त्वस्च बनाउन खोजिएको छ राज्यसंग एउटा पनि सार्वजनिक यातायात छैन, दिर्घकालिन सोच पनि हैन, गुुरु योजना पनि हैन तर दशकै देखि गाडीएका ज्वरो एकै पटक उखाल्न खोजेको छ यसले पनि सक्ने दुुर्घटकाको मुुल्याङ्कन र समिक्षा गरिएको हैन ।
संस्था दर्ता ऐन ४० वर्ष देखि कार्यान्वयनमा छ यातायात व्यवसायी संघ संस्थाहरु यति कानुुन अनुुसार सञ्चालनमा रहेका थिए तर अचानक आएर सरकारले यातायात क्षेत्रमा हमला गरेको छ । हजारौ स्वरोजगार व्यवसायीहरु संकटमा छन् । वैक तथा वित्तिय संस्था यसका प्रत्यक्ष प्रभावमा पर्ने निश्चित छ । ठुुलो व्यवसायीहरु यातायात क्षेत्रमा हावी हुुने देखिएको छ भने साना लगानीका व्यवसायीहरु संकटमा पर्ने भएपछि आफ्नो अस्तित्व रक्षाका लागि आन्दोलनको विकल्प नराखिएको भई यातायात व्यवसायीहरु निर्णायक आन्दोलनको तयारीमा छन ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: