![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
नागरिकको स्वास्थ्य भन्दा ठूलो सम्पती अरु केहि हुन सक्दैन। जनताको स्वास्थ्य सेवा दिन तत्सम्वन्धि शिक्षा उतिकै प्रभावकारी हुनु जरुरी छ । असल नियतका दक्ष जनशक्ति उत्पादन गर्न सकियो भने त्यसले देश र जनता दुवैलाई टेवा दिन सक्छ ।
नेपालमा चिकित्सा शिक्षा दिने उद्देश्यले स्थापित कलेजहरु विकृतिका श्रृंखला वन्ने गरेका छन् । राज्यले वताएका कलेजहरु सञ्चालन गर्नुपर्ने कुरा एकातिर छदै छ भने राज्यले पनि तत्सम्वन्धि कानुन निर्माण गर्दा चिकित्सा स्वास्थ्य शिक्षालाई सेवामा भन्दा व्यापारमा रुपान्तरण गर्ने गरी कानुन व्यक्तिगत व्यापार व्यवस्थामा जोड दिदै आएको पाइएको छ।
प्रा. डाक्टर गोविन्द केसीले नेपालको विद्यमान चिकित्सा शिक्षा नितिलाई समय सापेक्ष जनउत्तरदायी बनाउन १६ औं पटकको सत्याग्रहमा होमिएका छन् । डा.केसीका अधिकांस माग चिकित्सा शिक्षालाई व्यापारिकरणवाट अलग्याउने रहेको छ । तर संसद र वर्तमान सरकार केहि सिमित व्यापरी र व्यक्तिकोपछि लागेर तिनकै पृष्ठ पोषण गर्ने गरी कानुन वनाउदै छ । संसद डा.केसीको मुद्दालाई लिएर विमाजित रहेको छ । विवादका मुुद्दाहरु जनपक्षीय भएपति त्यसको कार्यान्वयनमा जान दलगत वाद देखिनु दुुःखको कुरा हो ।
लोकतन्त्रमा सार्वभौम शक्ति भनेको जनता हुन भन्नेहरु आज जनविरोधी काम गर्न उद्धत देखिएका छन् सरकारका सञ्चालक संसद स्वयम् जनताको खिलाफमा रहेका छन् १९ औं पटक सम्मको अनसनमा सहमती भएका विषयवस्तुहरु कार्यान्वयनमा ल्याउन सरकार र संसद आलटाल गर्देै आएको छ १६ औ सत्याग्रह निस्कर्षमा पुग्न सकस परिरहेको छ । संसद र सारकारका मन्त्री हरु नै मेडिकल माफियाहरुको निर्देशन वमोजिम कानुन वनाउने होडमा केन्द्रीत छन् यहि अवस्थामा कानुन पारित गरिए नेपालको चिकित्सा शिक्षाको लागि दुर्भाग्य हुनेछ ।
चिकित्सा शिक्षा वेलगाम हुनुमा राजनितिक क्षेत्रका व्यक्तिहरुको लगानी र तिनका अनुुकम्पालाई लिइएको छ । झापाका दुुर्गा प्रसादले आफ्नो अस्पताललाई मेडिकल कलेज वनाउने वैठक र मार्सी चामलको भातको चर्चा र कारण पनि यहि हो । प्रधानमन्त्री केपी ओली, हुन या अध्यक्ष प्रचण्ड आफ्ना कार्यकर्ताको जुनको गुन तिर्न केन्द्रीत छन् ।
यस्तै प्रकरणका अर्काे पद्म नर्सिङ शिक्षा रहेको छ । नेपाल नर्सिङ काउन्सिलले आफ्नो अनुकुलका कलेजहरु खोल्न र सपोर्ट गर्न सेटिङ मिलाइएको छ । नर्सिङ काउन्स्लिको रजिस्टार विन्दा घिमिरे जो योगेश भट्टराइकी श्रीमती हुन्। उनलाई राखेर नर्सिङ कलेजका संचालकहरुले परिचालन गर्ने गरेका छन् । उता योगेश भट्टराई डा. केसीलाई सत्तो सराप गर्दै हिडेका छन् । यसको अर्थ नर्सिङ कलेजलाई मनखुसी गर्न उद्दत छन् । निति निर्माता र नियमनकारीहरु नै विकृतिलाई संरक्षण गर्न थाल्नु ले यसलाई विडम्वना मान्न सकिन्छ ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)