कार्कीनेटा पोखरा सम्पर्क समाजको भित्तेपात्रो विमोचन सम्पन्न

सराङकोट न्यूज
29 April, 2019 4:26 am
Advertisements

पोखरा, १६
कार्कीनेटा सम्पर्क समाज पोखराले सोमबार एक कार्यक्रमका विच क्यालेण्डर विमोचन गरेको छ।
प्रमुख अतिथि सम्पर्क समाजका संस्थापक अध्यक्ष प्रेमप्रसाद शर्माले क्यालेण्डर खोली कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै शर्माले समाज भनेको आफ्नो दुःख, सुखमा साथ दिनको लागि बनाएको समूह भएको हुँदा सम्पूर्ण कार्कीनेटा बाट पोखरा आई स्थायी वा अस्थाली रुपमा बसोवास गर्नुभएका पोखरेलीवासीहरुलाई गोलबद्ध हुन जरुरी रहेको बताए।

समाजका अध्यक्ष रामचन्द्र शर्मा (आर.सी.)ले भित्तेपात्रो प्रकाशनमा सहयोग गर्नुहुने विज्ञापन  दाता, शुभेच्छुकहरुलाई धन्यवाद व्यक्त गरेका थिए।

भित्तेपात्रो उपसमिति संयोजक केशव घिमिरेले “आफू र आफ्नो टिमले भित्रेपात्रो प्रकाशनमा कुनै त्रुटी नरहने हिसावले काम गर्दा गदै पनि प्राविधिक त्रुटी देखिन गएमा सहर्ष स्विकार्नुहुन अनुरोध गरेका थिए।” त्यसैगरी कार्कीनेटालाई चिनाउने गरी पुरातात्विक सम्पदा तथा चिनारी विशेष तस्विरहरु राखएको र कार्कीनेटाबाट पोखरा आई बसोवास गर्नुहुने सम्पर्क समाजका आजिवन सदस्यहरु तथा कार्कीनेटाका अत्यावश्यक नाम, ठेगाना र सम्पर्क नम्बरहरु राखिएको हुँदा यसले भित्तेपात्रोलाई थप आकर्षक दिन सक्ने अपेक्षा राखेका थिए।
घिमिरेले भित्तेपात्रो प्रकाशनमा तस्विर उपलब्ध गराउने एफोरजेड छापाखानाका पदम श्रेष्ठ, विनोद फोटो स्टुडियोका विनोद पौडेल तथा अन्य तस्विर सौजन्य गर्नुहुने महानुभावहरुमा कृतज्ञता व्यक्त गरेका थिए।

समाजका सचिव हरिप्रसाद शर्माले कार्कीनेटालाई पर्यटकीय गन्तब्य बनाउनका लागि समेत भित्तेपात्रोले सहयोग गर्ने अपेक्षा राखेको बताए। “भित्तेपात्रोमा देखाएका तस्विरहरुलाई मात्रै संरक्षण गर्ने हो भने पनि यसले इतिहासलाई स्पष्टरुपमा प्रस्ट्याउन सक्छ र पर्यटकीय मूख्य आधार समेत बन्न सक्छ।”

त्यसै गरी शर्माले भित्तेपात्रो प्रकाशनबाट समाजलाई करिब ७० हजार मुनाफा रहने समेत जानकारी गराएका थिए।
सचिव हरिप्रसाद शर्माद्वारा सञ्चालित उक्त कार्यक्रम रामचन्द्र शर्मा (आर.सी.)को अध्यक्षतामा सम्पन्न भए

को थियो।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: