सरकारी सहि छाप किर्ते गरी सहकारी ठगेको आरोपमा मुद्दा दायर

सराङकोट न्यूज
1 May, 2019 10:20 am

व्यवसायिक कर्जाको लागि ऋण लिएका दुई युवाले सरकारी सही छाप र कागज किर्ते गरेको आरोपमा मुद्दा दायरको तयारी गरिएको छ । विशाल पौडेल र विद्या सागर पौडेलले कुँडहर वचत तथा ऋण सहकारी संस्था पोखरावाट व्यवसायीक कर्जा लिने क्रममा पेश गरेका धितो वन्दक सम्बन्धी कागज पत्र नक्कली रहेको पाइएपछि सहकारी कास्की प्रहरीको शरणमा पुगेको छ ।
विकास पौडेल र विद्यासागर पौडेलले साविक भोटेपोखरी हाल पोखरा ३३ को कि.नं. ४७५ को २३०५ व.मि. जग्गा राखेर ७० लाख र शिशुवा ५ कास्कीको कि.नं. ४३९ को ५३४ वर्गमिटर जग्गा दृष्टिवन्धक पास गरेर ४० लाख गरी जम्मा १ करोड १० लाख व्यवसायिक ऋण लिएका थिए तर उक्त जग्गा सम्बन्धी सवै कागज पत्र नक्कली बनाई ऋण लगेको रहस्य खुलेपछि कुँडहर सहकारी न्यायको लागि कास्की प्रहरीमा पुगेको छ ।
कास्की प्रहरी प्रमुख एस.पि. ओम रानाले किर्ते कागज वनाई सहकारीवाट कर्जा लिएको विषयमा उजुरी परेको स्वीकार गरे । केहि व्यक्ति प्रहरी हिरासतमा रहेको र बाँकीलाई खोजी गरी छानविनको दायरामा ल्याइने एस.पि. रानाले वताए ।
लान प्रकृयामा सहयोग गर्ने स्टार कसल्टेन्सीका संचालक आनन्द सापकोटा, लेखनदाश उमाकान्त लामिछाने र युवराज रेग्मी ५ जना विरुद्ध छानविन गरी कारवाही माग गर्दै जाहेरी दर्ता गर्ने तयारी गरेको प्रहरी स्रोतले वतायो ।
२०७५ कार्तिकमा भएको ऋण कारोवार को किर्ते प्रकरण वैशाख १६ गते मालपोत कार्यालय लेखनाथले उक्त कि.न.को जग्गा रोक्का नरहेको खुलेपछि सहकारीको आँखा खुलेको थियो । यस वारेमा सहकारीका सचिव शिव वरालले अनुसन्धानकै गर्भमा रहेको वताउँदै केहि वोल्न चाहेनन् ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: