अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको मिडिया

काउन्सिल विधेयक र संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको आमसञ्चार विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल प्रेस युनियन कास्कीले ज्ञापनपत्र पठाएको हो ।

प्रेस युुनियनले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत ज्ञापनपत्र पठाएको छ । नेपाल प्रेस युनियन कास्की

Advertisements

का अध्यक्ष नवीन सिग्देलले कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र  बहादुर बुढालाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्र हस्तान्तरण गर्दै अध्यक्ष सिग्देलले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकका कारण सवै पत्रकार आतंकित भएको बताए ।

प्रमुख जिल्ला अधिकारी बुढाले शान्तिपूर्ण रुपमा आफ्ना असन्तुष्ठि सरकारलाई पठाएर समस्या समाधान खोज्नु प्रशंसनीय भएको बताए ।

नेपाल प्रेस युनियन कास्कीका सल्लाहाकार रवीन्द्र बास्तोलाले स्वतन्त्र प्रेस माथिको अंकुशले नागरिकको आवाजलाई समेत कुण्ठित पार्नेभन्दै ध्यानाकर्षण भएको बताए ।

ज्ञापनपत्रमा लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चिता जस्ता विषयमा नेपालको संविधान २०७२ ले स्पष्ट व्यवस्था गरेको सन्दर्भमा देशकै मुल कानूनसँग बाझिने गरी आउने विधेयक स्वीकार्य नहुने भन्दै चेतावनी दिइएको छ ।

त्यस्तै, ज्ञापनपत्रमा मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकको मस्यौदा सदनमा प्रस्तुत हुनुपूर्व श्रमजीवी पत्रकारहरुबीच छलफल गराई सुझाव संकलन गरी प्राप्त सुझाव बमोजिम परिमार्जन र संशोधन गर्न, विधेयकको कतिपय व्यवस्थाले स्वतन्त्र प्रेसको अस्तित्व नै समाप्त पार्ने नियत राखेको स्पष्ट देखिएकाले तत्काल त्यस्ता व्यवस्था खारेज गर्न माग गरिएको छ ।

जरिवाना तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था नेपालको स्वतन्त्र पत्रकारिताको घाँटी थिच्न पत्रकारितालाई घुमाउरो किसिमले निरुत्साहित गर्न खोजेको भन्दै त्यस्तो व्यवस्था अन्त्य गर्न माग गरिएको छ ।