२०८२ फाल्गुन ३०
०६१४४५०००, ९८५६०३३३९१

रियल जुसमा कालो ठोस पदार्थ भेटियो

वहुराष्ट्रिय कम्पनी डावर नेपाल द्धारा उत्पादित रियल जुस फेरि विवादित वनेको छ । पोखराको पृथ्वीचोक स्थित पोखरा मलको वावा जुस सेन्टरमा खरिद गरि खाने क्रममा जुस वाहिर नआएपछि वट्टा च्यातेर गिलास मा हाल्ने क्रममा कालो ठोस पदार्थ फेला परेको भन्दै उपभोक्ता रोशन खड्काले विक्री स्थलमै पत्रकारलाई खवर गरेका थिए ।
वरामद गरिएको अखाद्य वस्तुत मिश्रित रियल जुसको पोखराका डिलर इञ्चार्जले प्वाल परेको वट्टाबाट ग्यास वाहिर निस्किएको कारण जुस विग्रन गएको वताए । यसरी विग्रेको जुस खान नमिल्ने इञ्चार्जले वताए ।
¥यापर प्वाल परेको डिलरले वताएपनि उपभोक्ता खड्का त्यस्तो केहि नभएको तर सिल प्याकेट भित्र अखाद्य वस्तु फेला परेको दावी गर्छन् । उच्च कोटीको पेय पदार्थ भन्दै विक्री हुने जुसमा अखाद्य वस्तु फेला परेको विषयमा राज्यले कस्तो छानविन र कारवाही गर्छ त्यो भने हेर्न वाँकी छ ।

प्रतिक्रिया दिनुहोस्