आफ्नै हस्पिटल नभएका स्वास्थ्य एकेडेमीहरु संकटमा

सराङकोट न्यूज
30 July, 2019 5:00 am
Advertisements

पोखरा टेक्निकल हेल्थ मल्टिप्रप्रोज इन्स्च्यिुट र फेवा सिटीवीच गैह्रकानूनी सम्झौता हुदै

चिकित्सा शिक्षा विधेयक पारित भई कार्यान्वयनमा आए पछि अर्काको हस्पिटल देखाएर नर्सिङ लगायतका विभिन्न स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रम चलाउँदै आएका एकेडेमी तथा इन्स्टिच्युटहरु संकटमा पर्ने भएका छन् । यस अघि सम्म अन्य सरकारी तथा निजि अस्पतालहरु सँग प्रयोगात्मक सम्झौता गरेर कलेज चलाउँदै आएकाहरु अवको करिव डेढ वर्ष भित्र आफ्नै अस्पताल चलाउनु पर्ने वाध्यकारी भुमरीमा फसेका छन् ।
पछिल्लो समय पोखराको चरक एकेडेमी, नोभेल एकेडेमी, पद्म नर्सिङ होम, पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्टिच्युटको आफ्नो हस्पिटल छैन । ती एकेडेमीहरुले न्यूनतम १०० वेडको आफ्नै जनरल हस्पिटल खोल्नु पर्ने छ । हस्पिटल खोल्न पनि विभिन्न मापदण्ड पुरा गर्नु उत्तिकै कठिन छ ।
आफ्नै हस्पिटल नभएका पोखराका नर्सिङ र एच.ए. कार्यक्रम चलाउने कलेजहरु संचालकहरु चलिरहेका हस्पिटलसँग मर्जिङ प्रकृयामा जाने दौड सुरु भएको छ । ति मध्य पोखरा ११ काहुँमा रहेको पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्च्यिुटले आफ्नो ५० प्रतिशत शेयर १५ करोड रुपैयाँमा फेवासिटी हस्पिटललाई विक्री गर्ने प्रकृया अगाडि वढाएको छ । इन्स्टिच्युट फेवासिटी सँग मर्ज भएर आफ्नो कलेजलाई सुरक्षित वनाउने योजनामा लागेको वुझिएको छ । पिटिएचएम आइले फेवासिटीलाई शेयर विक्री गर्ने सम्वन्धि विशेष वार्षिक साधारण सभा श्रावण १५ गतेलाई तोकेको छ उक्त साधारण सभाको मुख्य एजेण्डा नै १५ करोडमा ५० प्रतिशत शेयर फेवासिटीलाई विक्री गर्ने रहेको इन्स्टिच्युट सम्वद्ध स्रोतले वताएका छन् ।

यहि अवस्थामा मर्जर गैह्रकानूनी

फेवासिटी हस्पिटल जम्मा एक सय वेड क्षमताको अस्पताल हो । जहाँ उसकै आफ्नै पिसिएल नर्सिङ कार्यक्रम चलेको छ । अतिरिक्त र फरक कार्यक्रमको रुपमा चरक एकेडेमीको वि.एन. कार्यक्रम लाई ३ वर्षको सम्झौता गरी प्रयोगात्मक कक्षा चलिरहेको छ । नेपालको प्रचलित कानूनी व्यवस्था अनुसार फेवा सिटी हस्पिटलले थप कुनै कार्यक्रम संचालन गर्न मिल्दैन । जानाजान सिटिइभिटी र नर्सिङ काउन्सिलको निति नियम उल्लंघन गरी मर्जिङ गरिए त्यसको खारेजीको दिनगन्ती सुरु हुनुको विकल्प नरहेको जानकारहरु वताउँछन् ।
पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्टिच्युटका लगानीकर्ताहरुले फेवा सिटी हस्पिटल सँगको मर्जिङ प्रयोजनका लागि १५ करोडको शेयर विक्री गर्ने निर्णय गर्नु पूर्व हस्पिटलले आफ्नो वेड संख्या कम्तिमा दुइृ सय वेड पु¥याए अकुपेन्सी प्रमाणित गर्नु पर्ने हुन्छ । पिसिएल नर्सिङ र एच.ए. पढाउदै आएको पिटिएचएमआईका कुनै पनि कार्यक्रम फेवा सिटीले संचालन गर्न पाउदैन ।

पिटिएपएमआइले विक्री गर्ने १५ करोडको शेयर फेवासिटीले किन्नु अघि फेवासिटीका लगानीकर्ताहरुको श्रावण १७ गते विशेष साधारण सभा डाकेको छ । सय वेडको क्षमता भएको फेवासिटी हस्पिटलका लागि पिटिएचएमआइको नर्सिङ र एच ए. कार्यक्रम नै चलाउन नपाउने अवस्था छ भने कलेजको शेयर किनेर कानुनी झमेलामा फस्नुको विकल्प नरहने वताइएको छ । इन्स्टिच्युटले पनि आफ्नो ५० प्रतिशत शेयर विक्री गरेपनि वाँकी कार्यक्रम फेरि अलपत्र पर्ने देखिन्छ। पिटिएच एम.आई.ले. हालसम्म पश्चिमाञ्चल क्षेत्रीय अस्पतालसँग वार्षिक ३६ लाख तिरेर कार्यक्रम चलाउदै आएको थियो । चिकित्सा शिक्षा आयोगको निति अनुसार चिकित्सा शिक्षा चल्ने भएपछि अव आफ्नै हस्पिटल हुनुपर्ने किटान गरी समय सिमा तोकिसकेको छ यता क्षेत्रीय हस्पिटल सँगको सम्झौता २०७७ जेष्ठ वाट समाप्त हुदैछ । नर्सिङ र एच.ए. कार्यक्रम नचलाइएको सय वेडको अस्पताल सँग मर्ज गर्नुको विकल्प नरहेको स्वास्थ्य शिक्षा सम्वद्ध जानकारहरु वताउँछन् ।

 

 

 

 

 

कानूनको आँखामा छारो हाल्ने प्रयास स्वरुप शेयर खरिद विक्रीको चलखेल सुरु भएको प्रति सिटिइभिटी, नर्सिङ काउन्सिल मात्र हैन अख्तियारले पनि चासो पूर्वक हेरिरहेको छ । चिकित्सा शिक्षामा फैलिएको वेथिति रोक्न सरकारका अंगहरुले पछिल्लो समयमा सकृयता वढाएका छन् । वेड क्षमता भन्दा वढी विद्यार्थी पढाएको पद्म नर्सिङ होम स्कूल अफ नर्सिङको कार्यक्रम नै रद्द गर्न अख्तियारले सिटिइभिटी र नर्सिङ काउन्सिललाई निर्देशन दिएको छ भने देशभर शुद्धिकरण अभियानै चलाएको छ ।

फार्मेसीको भर्ना कार्यक्रम पनि रोकियो

सिटिइभिटीले पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्टिच्युटले संचालन गर्दै आएको फार्मेसी कार्यक्रमको भर्ना अनुमती रोक्का गरेको छ । भर्ना कार्यक्रमको विज्ञापन अनुमती रोक्का गरेपछि फ्रेस विद्यार्थी भर्ना लिन पाइन्न । अव इन्स्टिच्युटले कि फार्मेसी कार्यक्रम वन्द गर्नु प¥यो कि कट अफ लिष्टमा परेका विद्यार्थी भर्ना लिनु प¥यो । इन्स्टिच्युटका संचालकहरु वीच खटपट वढेको कारण कार्यक्रम प्रभावित भएको वताइएको छ । अध्यक्ष टंक अधिकारी समूह र अरु समुह वीच राम्रो तालमेल नभएका कारण फार्मेसी कार्यक्रम रोकाइएको चर्चा चलेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: