अवैध काठ त वरामद भयो, मान्छे नी ?

सराङकोट न्यूज
4 September, 2019 3:32 am
Advertisements

पोखरा ३३ को धारापानी सामुदायिक वनको काठ विना अनुमती काटिएको भन्दै सव डिभिजन वन कार्यालय कुडहरमा राखिएको छ । भाद्र १४ र १५ गते गरी दुई दिन लगाएर काठ नियन्त्रणमा लिइएको थियो ।
करिव दुई महिना अगाडि वाटो विस्तार गर्ने वहानामा धारापानी सामुदायिक वनका सालका रुख ढलाएर टिम्वर र चिरान फन्टा वनाएर वन संरक्षणका जिम्मा लिएका भुलभुला सामुदायिक वनका अध्यक्ष शंकर अधिकारीले सालका रुख ढलाएर आफ्नो घरको कुनामा राखेका थिए भने केहि गोलाइ चिरान गरेर फन्टा वनाई केशव आलेका घर गोठमा राखिएको थियो ।
सालका रुख कटान गर्न कानूनले प्रतिवन्ध लगाएको छ । सामुदायिक वनको जग्गामा वाटो विस्तार गर्ने वहाना वनाइएपनि वाटामा परेको रुख कटान गर्न वन कार्यालयवाट नापजाँच सहित पूर्व स्वीकृति लिनु पर्ने हुन्छ तर सामुदायिक वनको कार्ययोजना भित्र नपरेका सालका रुख गैह्रकानूनी ढंगवाट कटान गरिएको घटना रहस्यमय वनेको छ ।
यस अघि पनि स्थानिय वासीकै तिव्र विवादका कारण वनका कर्मचारीले काठ लुकाइएको स्थानमा गई काठको नापजाँच गरिएको थियो । काठ नापजाँच गरी कटान गर्ने व्यक्तिहरु शंकर अधिकारी र केशव आलेकै जिम्मा लगाएर कर्मचारी फर्किएका थिए ।
सहायक डिभिजन वन कार्यालय लेखनाथको कार्यशैली र ढिला सुस्ती प्रति डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठ सकृयता लिई टिम्वर गोलाई र चिरान फन्टा नियन्त्रणमा लिन लगाएका थिए ।
अवेध ढंगवाट कटान गरिएको काठहरु वरामद लिएपनि अनियमित कार्य गर्ने व्यक्ति उपर कुनै कारवाही सुरु गरिएको छैन । सालका रुख भएका सामुदायिक वनमा वन कार्यालयको निगरानी वढी नै हुनु पर्ने आवाज उठेको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: