उद्घाटन नहुँदै नमूना पुलको एप्रोच भासियो

सराङकोट न्यूज
31 December, 2019 6:29 pm
Advertisements

पोखरा महानगरपालिका वार्ड नंं ३ र ११ लाई जोड्ने नारायणथानको पुल तयार भयो, गाडी चल्यो तर औपचारिक उद्घाटन भएको छैन । फरक प्रकारको नमूना पुल धेरैको सेल्फी खिच्ने गन्तव्य जस्तै वनेको छ ।
फरक डिजाइनको नमूना पुल त वन्यो तर उद्घाटन हुन नपाउदै पुलको मुखैको एप्रोच भासिएको छ। नारायणथान पारी पट्टि ११ नं. वार्ड तर्फ पुलको मुख भासिएको हो। उकालो स्लोप वनाइएको उक्त ठाउँमा भासिएर सवारी आवात जावत मा समस्या आउन थालेको छ । पुल संचालनमा आए लगत्तै भासिएपछि एक लेयर पिच थपेर मर्मत गरिएको ३ नंं का वार्ड अध्यक्ष रविन्द्र वहादुर प्रजुले वताए । फेरि भासियो अव तलवाटै मर्मत गर्नु पर्छ प्रजुले भने । उद्घाटन नै हुन नपाउँदै पुलको पूर्व तर्फको एप्रोच भासिनुले निर्माणको गुणस्तर माथि प्रश्न उव्जेको छ । पुलको मुखवाट स्लोप भाग सम्म पैदल यात्रुको भाग फुटपाथ नछुट्याइएको कारण पैदल यात्रु खतरा मोलेर हिड्न वाध्य पारिएका छन् ।

पुलको पश्चिम तर्फको सडक फुटपाथ विहिन छ । यात्रुलाई पूरा जोखिम छ । वांगो वाटो त्यो पनि आइ साइटमा ढिस्कोको अवरोध उस्तै वाधक । पुल वनाउने योजनाकार र प्राविधिकले दिन नसकेको निकास उक्त पुल हेरे

पछि प्रस्ट हुन्छ । हिराचन मुक्तिनाथ जेभिले ११ करोड २३ लाखमा निर्माण गरेको उक्त पुलको लोडि

ङ व्यालेन्स नमिलेको ठेकेदार ओम गौचनले स्वीकार गरे । १२ मिटर हाइट उठाएर बनाइएको उक्त

पुल ५ वर्ष सम्मको मर्मतको जिम्मा निर्माण कम्पनीको रहने गौचनले वताए ।
सडकको किनारा सँगै सूर्यनारायण गुठिले रिटेनिङ वाल लगाएको छ । पोखरा महानगर वडा नंं ३ कार्यालय

प्राविधिकहरु भन्छन् पुलको आइ साइट पटक्कै मिलेको छैन । पुलको वारी र पाटीको सडक आदा आदी मात्र देखिन्छ । नयाँ र अनुभवहिन चालकहरुका लागि उक्त पुल र वारी पारीको सडक पासो वन्न सक्छ एक इञ्जिनियरले भने ।

 

को सय मिटर दुरीमा रहेको पुल र सडकको दुर्दशा वारे हाम्रो जिज्ञाशामा ३ नं. वडा अध्यक्ष रविन्द्र वहादुर प्रजु अव केहि दिनभित्रै गुठिको पर्खाल भत्काएर फुटपाथ बनाउने दावी गर्छन् । मैले पहिला पनि भनेको थिए पैदल वाटो छोडेर मात्र पर्खाल लगाउन भनेर तर उनिहरुले सडक मापदण्ड मिचेर पर्खाल लगाए अव कानून वमोजिम हटाउँछु ।
उता विरेन्द्र स्मृति पार्कले नारायणस्थानको जग्गा नर्सरीलाई भाडामा लगाएको छ । सार्वजनिक गुठीको जग्गा भाडामा लगाउन पाउने नियम कानुनमा कतै व्यवस्था छैन । अदालतले समेत गुठीको जग्गा वोलेको अवस्थामा वल मिचाई गरेको भन्दै कति पयले तिक्तता पोखेका छन्।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: