![](https://www.sarangkotnews.com/wp-content/uploads/2020/02/police2019-06-18-06-23-06-1024x489.jpeg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
गण्डकी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे अवको एक हप्ता पछि माघ २८ गते अनिवार्य अवकास पाएर घर जाँदै छन्। सामान्यता अवकास हुनु एक महिना पहिला विदा वस्ने चलन रहेपनि डि.आइ.जी. घिमिरेले उक्त सुविधा लिएका छैनन् वरु यो अन्तिम समयमा उनको सकृयता वढेर गएको छ ।
घर जाँदै गर्दा सरुवा वढुवा काज लगायतका विवादित निर्णय नगर्ने शैलीलाई तोड्दै उनले मिलेसम्म र आफू निकटका प्रहरीलाई मागेकै आकर्षक ठाउँमा पु¥याइदिएर आफू निस्केदै छन् । जनपदलाई ट्राफिकमा ट्राफिकलाई जनपदमा काज खटाएर भइरहेको दरवन्दीलाई समेत भताभु· पारेको गुनासो आइरहेको छ ।
ट्राफिक नेपाल प्रहरीकै हाँगो भएपनि त्यसको परिचालन अरन खटन गर्ने गर्न जिल्ला देखि प्रदेश हुदै केन्द्रिय निर्देशनालय सम्मको व्यवस्था छ तर गण्डकी प्रदेशका ट्राफिकलाई समेत प्रदेशका डिआइजीले तितर वितर पारेका छन् ।
प्रदेश ट्राफिक प्रहरी अन्तरगत परिचालन हुनुपर्ने विभिन्न जिल्लाका ट्राफिक प्रमुखहरुलाई डिआइजी विनोद घिमिरेले प्रदेशलाई जनाउ समेत नदिई काज खटाएका छन् ।
प्र.ना.नि. महेन्द्र रानाभाटलाई वागलुङ इञ्चार्जवाट हटाएर लमजुङ पठाएका छन् । लमजुङका इञ्चार्ज छप वहादुर घर्तीलाई गृहजिल्ला स्याङ्जा इञ्चार्ज वनाइएको छ भने स्याङ्जावाट रेशम रानाभाटलाई प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पठाइएको छ । तर वर्षौ देखि किल्ला जमाएर कमाइ रहेका वालिङका ट्राफिक प्र.स.नि. तेज बहादुर रावल र प्र.ह. शंकर रिमाल वालिङ ट्राफिक पोष्ट विर्ता जस्तै भएको छ ।
डि.आइ.जी. घिमिरेले छप वहादुर घर्तीलाई स्याङ्जामा सेट गर्न खोज्दा वाग्लुङ इञ्चार्जमा प्र.ना.नि. शिव पाठकलाई ल्याइएको छ । यस अघि ट्राफिकमा रहँदा पटक पटक विवादमा मुछिएपछि कास्की ट्राफिक प्रमुख मुरारी मिश्रको अनुरोधमा तत्कालिन डि.आइंजि. दान सिंह वोहोराले सई पाठकलाई जनपद तर्फ खटाएर वाग्लुङ पठाएका थिए। वाग्लुङका एस.पि.ले उनलाई वाग्लुङ कारागार सुरक्षा गार्ड प्रमुख वनाएर थन्क्याएका थिए । डिआइजी विनोद घिमिरेले उनलाई पुरस्कृत गर्दै वाग्लुङ ट्राफिक इञ्चार्ज वनाएका छन् । पाठक कास्की ट्राफिक भित्रिन पुन प्रयत्न गरिरहेको वुझिएको छ । अर्का कारवाहीमा परेर म्याग्दी खटाइएका प्र.ज. लाई नयाँपुल नाकाका युनिट इञ्चार्ज वनाइएको छ ।
स्याङ्जा पठाइएका इञ्चार्ज प्र.ना.नि. छप वहादुर घर्तीले त्यहाँ चल्ने लाइसेन्स कागजपत्र नभएका अटो र ग्रामिण रुटमा चल्ने जिपहरुवाट असुली धन्दा चलाइएरहेको सुत्रले वताएको छ। वजार र राममार्गबाट ग्रामिण भेकमा चल्ने २ सिटे र ५ सिटे जिपहरुवाट १५–२० जना यात्रु चढाउन दिए वापत हप्ते असुली कार्यपनि मौलाएको वताइएको छ। वालिङ वारी छप वहादुर र वालिङ क्षेत्र असई तेज वहादुर रावलको असुलीले अवैध सवारी संचालन गर्नेलाई छुट मिलेपनि प्रचलित कानूनको गंभिर सिकायत भएको छ भने यात्रुले जोखिम पूर्ण यात्रा गर्न वाध्य छन् ।
यता कास्की ट्राफिक मातहतका युनिटहरुमा जिल्ला खटन पटन गर्ने ठाउँमा प्रदेश ट्राफिकले सिधै खटाउन थालेको छ । तर रसिद प्याड भने जिल्लाकै प्रयोग गरिएको छ । प्रदेशमा पठाइएका रेशम रानाभाटलाई औद्योगिक क्षेत्रमा खटाएपछि प्रहरीको चेन अफ कमाण्डको सन्तुलन विग्रने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।
हो यो हप्ता नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल गण्डकी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरे लगायत उक्त लटका उच्च प्रहरी अधिकारीहरुको विदा लिदैछन् यो संक्रमणकालिन अवस्थामा प्रहरी संगठन चलाख हुुनु पर्ने अवस्था छ । जाँदा जादै कारवाही गर्नुपर्नेलाई पुरस्कृत गर्ने कार्य नमिलेको देखिन्छ यसमा संगठनको ध्यान जानु पर्छ ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)