पोखरामा सरकारी जग्गा खानेहरुको पर्दाफास, ४० वर्ष पछि ३७ रोपनी जग्गा दर्ता वदर

सराङकोट न्यूज
11 February, 2020 9:59 am
Advertisements

काठमाडौं वालुवाटर स्थित ललिता निवास (सरकारी) जग्गा काण्ड उत्कर्षमा रहेकै वेला पोखरामा सोही प्रकृतिको काण्ड वाहिरिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित महत गौडामा रहेको सरकारी (पर्ति) जग्गा रहस्यमय ढंगवाट व्यक्तिको नाममा वेचविखन गरिएको पुष्टि हुन आएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको ओम सदाशिव सिद्देश्वर हरिहर मन्दिरको चर्चेको कि.नं. १६३३ नम्वरको जग्गा १५६–३–३–३ मध्य झण्डै ३७ रोपनी जग्गा टाठावाठाहरुले व्यक्तिको नाममा ल्याई वेचविखन गरेको पाइएको छ । फिल्ड वुकमा पर्ति (सरकारी) उल्लेख गरिएको उक्त कि.नं. १६३३ को जग्गा मिति २०३७/११/२ गते कित्ताफोड गरी कि.नं. २५१९ र २५२० गराई २५१९ को ३६ रोपनी १४ आना जग्गा क्षेत्र बहादुर रानाभाटको नाममा दर्ता गरिएको पाइएको छ । सरकारी जग्गा कित्ताफोड गरी व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा तत्कालिन मालपोत अधिकृत र नापी कार्यालयले दर्ता गर्दाको कुनै आधार र कारण उल्लेख नगरेको पाइएबाट ठूलो आर्थिक लाभ लिइएको आशंका उव्जिएको छ ।
मिति २०३७ फागुन २ गते मालपोत कार्यालय र नापी कार्यालय कास्कीको मिलेमतोमा मकर सक्रान्ती मनाउने हरिहर मन्दिर चर्चेको सरकारी पर्ति जग्गा १५६–३–३–३ क्षेत्रफल मध्यको समथर राम्रो जग्गा कित्ता फोड गरी कि.नं. २५१९ को ३६ रोपनी १४ आना जग्गा क्षेत्रबहादुर रानाभाटको नाममा पास भएको र उक्त जग्गा क्षेत्रबहादुर रानाभाटका भतिजा खड्क वहादुर रानाभाट अध्यक्ष रहेको नौलो घुम्ती नेपाल नामक संस्थाले समेत कि.नं. ३८९६ नम्वरको एक रोपनी जग्गा खरिद गरेको खुल्न आएको छ। २०३६ साल मंसिर २९ गते सन्तोष केसीको नामबाट नौलो घुम्ती नामक संस्थामा उक्त जग्गा नामसारी भई आएको देखिन्छ ।

कसरी वाहिरियो काण्ड ?

सरकारले सरकारी, सार्र्वजनिक र गुठि जग्गा संरक्षण सम्वन्धि जाँचवुझ आयोग २०७६ गठन ग¥यो । नेपाल सरकार मन्त्री परिषद्ले २०७६ जेष्ठ ६ गते मोहनरमण भट्टराईको संयोजकत्वमा गठित आयोगले आठ महिना लगाएर तयार पारेको प्रतिवेदनलाई मन्त्री परिषद्ले २०७६/१०/६ गते कार्यान्वयन गर्ने निर्णय गरे वमोजिम विभागिय मन्त्रालय हुदै भूमि व्यवस्था तथा अभिलेख विभाग ववरमहलको च.नं. १५७९ मिति २०७६/१०/१९ को पत्र सहित देशभरका सवै मालपोत कार्यालयलाई सरकारको निर्णय कार्यान्वयन गर्न परिपत्र गरियो यसै शिलशिलामा कास्की मालपोत कार्यालयलाई सरकारको निर्णय कार्यान्वयन गर्न परिपत्र गरियो सोही वमोजिम कास्की मालेपोत कार्यालयले १६३३ नम्वर कित्ताबाट फोड भई कायम भएको २५२० र २५१९ मध्य घोटाला भएको २५१९ कित्ता र सो कित्ताबाट फोड भई विभिन्न व्यक्ति र संस्थाको नाममा विभिन्न कित्ता नम्वर वनाई सुक्रि विक्री गरिएका जग्गाहरु विक्री वदर गरी कि.नं. २५१९ मै फिर्ता गर्ने कार्य आरम्भ दु्रत गतिमा अगाडि वढेको मालपोत कास्कीले वताएको छ ।
२५२० को कित्तामा रहेको जग्गा ११९–५–२–३ मध्य १३ रोपनी जग्गा पोखरा वृद्धाश्रमलाई भोगाधिकार दिइएको थियो । उक्त भोगधिकार पनि २०७४ मा समाप्त भइसकेको छ । भोगाधिकारको म्याद थप नभए संस्था नविकरणमा समस्या पर्ने छ भने छानविन आयोगको आधिवेहरीले वृद्धाश्रमको जग्गा पनि सरकारी स्वामित्व मै फर्कन सक्ने अवस्था नआउला भन्न सकिन्न ।

के छ प्रतिवेदनमा

सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण भएको वारे भट्टराई आयोगले गंभिर ढंगले छानविन गरी सरकारलाई प्रतिवेदन दिएको छ । सरकारी सार्वजनिक र गुठि जग्गा संरक्षण सम्वन्धि जाँचवुझ आयोगले कानुन विपरित हुने गरी जुनसुकै प्रकृयावाट किर्ते जालसाँज गरी व्यक्तिको नाममा नामसारी भई गएका सवै जग्गाको दर्ता वदर गरी सरकारकै नाममा फर्काउने प्रतिवेदनको मुख्य मक्सद रहेको छ । आयोगले दिएको प्रतिवेदनलाई विभागिय भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रीवाट मन्त्री परिषद्मा पेश गरी निर्णय भएको छ।
सरकारी सार्वजनिक र गुठिका जग्गा किर्ते गरी हड्पेर राजिनामा पास लिने विभिन्न व्यक्ति र संस्थाका साथै मिलेमतो गरी किर्ते कागज सदर गरी सरकारी, सार्वजनिक र गुठिको जग्गा स्वामित्व हस्तान्तरण गर्ने कर्मचारी उपर भ्रष्टाचार निवारण ऐन वमोजिम कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउन आयोगले सिफारिस गरेको छ ।
जाँचवुझ आयोगको प्रतिवेदन वमोजिम सरकाले कारवाही गर्न निर्देशन दिइसकेको छ । मालपोत कार्यालय कास्कीले जग्गा विक्री वदर कार्य अगाडि वढाइसकेको छ । २५१९ नम्वर कित्ता भित्रका विभिन्न कित्ता पहिचान गरी रोक्का गरिसकेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा काण्डमा संलग्न उपर वृहत् छानविन गर्ने भएको छ । वालुवाटारको ललिता निवास जग्गा प्रकरण जस्तै गरी यसमा पनि उथल पुथल आउन सक्ने देखिएको छ । २०३७ साल फागुन मा मालपोत र नापीका प्रमुख समेत यस प्रकरणमा फस्ने निश्चित रहेको जानकारहरु वताउँछन् ।
वालुवाटार जग्गा प्रकरणमा झै यसमा पनि स्वेच्छाले जग्गा फिर्ता गर्ने वा मुद्दा खेप्ने भन्ने वारेमा के हुन्छ यसैभन्न सकिन्न यद्दपि नेकपाका महासचिव विष्णु पौडेलका छोरा सुनिल पौडेलले झै जग्गा फिर्ता गरे उन्मुक्ति पाउने कि नपाउने भन्ने वारेमा हेर्न वाँकी नै छ ।
गुठिको जग्गा पास गर्ने क्षेत्र बहादुर रानाभाटका भतिजा खड्ग वहादुर रानाभाट अहिले नौलो घुम्ती नेपालका अध्यक्ष रहेका छन्। सामुदायिक विकास संस्थाको रुपमा संचालित संस्था नौलो घुम्ती नेपालले लिएको एक रोपनी जग्गा र त्यसमा वनेको घर सरकारको निर्णय वमोजिम फिर्ता गर्लान् त? अध्यक्ष खड्ग वहादुर रानाभाट सँग प्रतिकृया लिन उनको मोवाइलमा फोन गर्दा स्वीच अफ रहेको थियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: