![](https://www.sarangkotnews.com/wp-content/uploads/2020/03/viber_image_2020-03-02_23-57-06.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
विभिन्न नक्कली कागज बनाएर ठगि गर्दै हिड्ने एक व्यक्तिलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान अगाडि वढाएको छ । पर्वत कार्कीनेटा स्थायी घर भई पोखरा–७, बस्ने सरोज पौडेललाई प्रहरीले चेक अनादर मुद्दामा पक्राउ गरेर छानविन गरिरहेको छ । पौडेल यस अघि आफूलाई होटल मनकामना दर्शनले दिएको ओम डेभलपमेन्ट बैंक लि. को चेक सच्चाएर क्लियरिङ सटही दावी गरेको आरोपको मुद्दा पनि अनुसन्धानको क्रममा रहेको वुझिन आएको छ । पौडेलले सुमित जंग अधिकारीको नाममा लिएको ९ लाखको चेकलाई अंक र अक्षर दुवैमा थपेर ९९,००,०००/-उनान्सय लाख वनाएर कामना सेवा विकास बैंक मार्फत क्लियरिङ हालेको खुल्न आएको छ । अक्षरमा नाइनको अगाडि नाइन्टी थप गर्दा चेकको अक्षरमाथि नै पर्न गएको छ । ओभरल्याप पर्ने गरी सच्चाइएको चेक लिएर क्लियरिङ पठाउने कामना सेवा विकास वैंकको पनि मिलेमतो हुन सक्ने देखिएको छ । सामान्यत डवल राइटिङ र केरमेट भएको चेक समेतलाई स्वीकार्न वैंकले इन्कार गर्दछन् तर ओभरल्याप लेखेर सच्चाएको चेक स्वीकार गरेर क्लियरिङ पठाउने कामना सेवा विकास वैंकको नियत माथि गंभिर प्रश्न उव्जेको छ यस प्रकरणमा चेक सच्चाउने सरोज पौडेल लाई मात्र कारवाही नभई शंकास्पद ढंगले नाइन लाखको चेक लाई नाइन्टी नाइन लाख वनाएको प्रष्ट देखिने चेक वुझेर सदर गरी क्लियरिङ सिस्टममा पठाउने कामना सेवा विकास वैंकलाई पनि राज्यको नियामक निकाय नेपाल राष्ट्र वैंक र नेपाल प्रहरी दुवैले अनुसन्धानको दायरामा ल्याउने पहल गर्नु पर्ने वैंकरहरु वताउँछन् ।
किर्ते व्लु वुक वनाएर सहकारी ऋण
यातायात व्यवस्था कार्यालयमा दर्ता नै नरहेको गाडीको व्लु वुक वनाएर सरोज पौडेलले सहकारीबाट २० लाख ऋण लिएको खुलेको छ । पौडेलले २०७३ जेष्ठ १८ गते पोखरा १७ को विरौटा वचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएको पाइएको छ । ग २ च ३१३७ नम्वरको गाडीको व्लु वुक पेश गरेर ऋण लिएको देखिएको छ । ऋण लिँदा सहकारीमा राखेको धितो यातायात कार्यालयमा आधिकारिक दर्ता नै नरहेको पाइएको छ। यातायातको ढड्डामा सहकारीको छाप मात्र लगाइएको देखिएको र कर्मचारीले कुनै प्रमाणित नगरेको यातयात कार्यालयका प्रमुख सुन्दर शर्माले वताए । यसमा सवारी साधन दर्ता भएको पुष्टि हुदैन सहकारीले के आधारमा ऋण प्रवाह ग¥यो भन्ने वुझ्न सकिएन प्रमुख सुन्दर शर्माले भने।
ऋण लिनु अघि सरोज पौडेलसँग विरौटा सहकारीका ऋण संयोजक नविन भट्टराई यातायात व्यवस्था कार्यालयमा रोक्का सनाखत गर्न गएका थिए । भट्टराई स्वयम्को अगाडि सरोज पौडेलले यातायातको ढड्डा र व्लु वुक कसरी मिलाए ? त्यस वेला सहकारीका प्रतिनिधिले सवारी दर्ताको सनाखत गरी सहि छाप लगाउँदा किन ख्याल गरेनन् ? यातायात कार्यालय मै पुगेका ऋण संयोजक नविन भट्टराई ढड्डामा छाप लगाएको तर कर्मचारी सँग भेटघाट कुराकानी केहि नभएको वताउँछन् । भट्टराईले भने सरोजले लेखापढी व्यवसायीसँगको सेटिङमा यातायातको कागज पत्र मिलाएर मलाई र सहकारीलाई नै गुमराहमा पारेर २० लाख ऋण फुत्काउन सफल भयो ।
यता आफै अध्यक्ष रहने गरी स्थापना गरेको अनुकुल कृषि सहकारी संस्था लि. लाई पनि धरापमा पारेर सरोज पौडेल वर्हिगमनमा परेका थिए । विभिन्न व्यक्ति र आफ्नै लागि ऋण लिएर सहकारीलाई संकटमा पर्न थालेपछि सरोजलाई हटाएर नयाँ अध्यक्ष चयन गरिएको छ ।
सरोज पौडेल नेकपा पर्वतका कार्यकर्ता र फलेवास नगरपालिकाका मेयर पदममाणी शर्माका विश्वासपात्रका रुपमा चिनिन्छन् ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)