![](https://www.sarangkotnews.com/wp-content/uploads/2020/03/89635351_813973372448550_4359784863667060736_n.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
जापानको सहयोगमा पोखराको पानी शुद्धिकरण तथा वितरण प्रणालीमा व्यापक सुधार परियोजना चलिरहेको छ। कास्कीको माछापुछ्रे ९ मर्दी देखि हेमजा हुँदै पोखरा सम्मको पानी शुद्धिकरणको काम तिव्र रुपमा अगाडि वढिरहँदा प्रभावित क्षेत्रका जनताहरुमा असन्तुष्टि पनि वढि रहेको पाइएको छ । प्रभावित क्षेत्रका जनताहरु आफ्नो गाउँमा सडक र पुल निर्माणको माग गरिरहेका छन् तर पनि सरकारको ध्यान प्रभावित जनताको माग सुनुवाई तर्फ गएको देखिदैन ।
जाइकाले राजमार्गको छेउको घनावस्तीमा पानी टंकी निर्माण गर्ने कार्य अगाडि वढाएको छ। पोखरा–५, पस्र्याङमा रहेको धर्मस्थली आधारभूत विद्यालयले प्रयोग गर्दै आएका खेल मैदानमा पानी टंकीको लागि हेभी इक्वीपमेन्ट प्रयोग गरेर वस्ती नै थर्काउने गरी निर्माण कार्य अगाडि वढाइए पछि त्यहाँका स्थानीय जनताले आफनो वास जोगाइदिन माग गरेका छन् ।
हेभी इक्वीपमेन्ट प्रयोग गर्दा सँगै रहेको धर्मस्थली सामुदायिक विद्यालयमा प्रत्यक्ष असर परेको प्र.अ. केदारनाथ वरालले वताए । ४१६ जना विद्यार्थी पढ्ने उक्त विद्यालयलाई कक्षा थप गरेर मावि सम्मस्तर वृद्धि गर्न प्रोत्साहन गर्नु पर्ने राज्यका निकायले विद्यालयले प्रयोग गर्दै आएको छेवैको चार रोपनी जग्गामा आँखा लगाएर पानी टंकी निर्माण गर्न दिएको छ । खानेपानी टंकी सरकारी सार्वजनिक र पर्ती जग्गामा वनाउन उचित हुने भएपनि विद्यालयलाई उपयुक्त हुने जग्गामा निर्माण गरिनुले ठूला योजनाका नाममा दम्भ र शक्तिले काम गरेको वुझिन आएको छ ।
पानी टंकी निर्माण गर्न लागिएको उक्त जग्गा धर्मस्थली आ.वि.ले. विगत ३६ वर्ष देखि प्रयोग गर्दै आएको भएपनि भोगाधिकार प्राप्त नभएको विद्यालयका प्र.अ. केदारनाथ वरालले वताए । सरकारी लगानीका सामुदायिक विद्यालयहरुलाई उकास्न राज्य पक्षनै लाग्नु पर्नेमा उल्टै विद्यालयलाई निरुत्साही तुल्याउने कार्य गरिरहेको प्रति शिक्षा विद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
अंग्रेजी र नेपाली दुवै मध्यममा पढाई भइरहेको धर्मस्थली आ.वि.मा हाल १८० छात्र, २३६ छात्र गरी ४१६ जना अध्ययनरत छन् । जग्गा अभावले विद्यार्थी वढाउन समस्या पर्ने देखिएको छ । सरकारले सरकारी तथा सामुदायिक विद्यालय विस्तार तथा स्तर वृद्धि गर्न छोडेर संस्थागत विद्यालयलाई प्रोत्साहित गर्ने निति राज्यको रहुञ्जेृल विद्यालयलाई प्रोत्साहित गर्ने निति राज्यको रहुञ्जेल राज्यको अरवौं ढुकुटीको उपलव्धी हासिल हुने सम्भावना न्यून देखिन्छ ।
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/07/pokhara-nagarpalika.jpg)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2024/04/gif-file.gif)
![](https://www.sarangkotnews.com/wp-content/uploads/2023/11/Annapurna-Bal-Tatha-Mahila-Aspatal-Final-Ad-copy.jpg)