२०८२ फाल्गुन २९
०६१४४५०००, ९८५६०३३३९१

डिभाइडर भत्काएर डिपार्टमेन्ट स्टोर्सको पास–वे वनाउने खेल

लकडाउनको मौका छोपेर पोखराको लेकसाइड जाने मूल सडकमा रहेको व्यवस्थित डिभाइडर भत्काएर पसल जाने पास वे वनाउने कार्य अघि बढाइएको छ । महानगर पालिकाले पर्यटकीय नगरीलाई सुन्दर मनोरम र ट्राफिक व्यवस्थापन गर्ने धेयले लाखौं खर्च गरेर बनाइएको सडक डिभाईडर भत्काएर व्यापारिक कम्प्लेक्समा जान गेट सिधा पार्ने गरी पास वे बनाउन थालिएको छ ।
जिरो कि.मि. वाट हल्लनचोक जाने मुल सडकमा राखिएको गार्डेन सहितको डिभाइडर तोडिएपछि स्थानीय नागरिकहरुले तिव्र विरोध गरेका कारण शनिबार दिउँसो काम स्थगित गरिएको छ । ललेकसाइडका रेष्टुरेण्ट व्यवसायीहरुले संचालन गरेको सुलभ डिपार्टमेन्टल स्टोर्सले शुक्रवारै दिउँसोबाट डिभाइडर भत्काउन सुरु गरेको थियो । हाल भत्काएको भन्दा १५ मिटर मात्र तल पास वे हुँदा हुदै आफ्नो व्यापारिक स्वार्थका लागि डिपार्टमेन्टल स्टोर्सले आफ्नो स्टोर्समा जाने वाटोकै मुखमा पास वे खोल्न खोजेको देखिएको छ ।


वडा नं. ६ का अध्यक्ष जगत पहारीसँग वुझ्दा निवेदन आएको तर आधिकारिक निर्णय नभएको वताए । डिपार्टमेन्टल स्टोर्सका संचालकहरु वडा वाट मौखिक स्वीकृति लिएको बताउँछन् । अव के हुन्छ भन्ने हाम्रो जिज्ञाशामा वडा अध्यक्ष जगत पहारीले स्थानीयको विरोध आयो अव पास–वे वनाउन दिन्नौं पहिलाकै अवस्थामा डिभाइडर वनाउन लगाउने वताए ।
डिभाइडर निर्माण कार्यमा वडा का सदस्य समेतको प्रत्यक्ष मिलेमतो रहेको वुझिन आएको छ । सार्वजनिक सडकलाई व्यवस्थित गर्नु पर्नेहरु नै पद र पहुँचको भरमा भएको संंंरचना भत्काएर लकडाउनको वेला मनोमानी गर्ने हरुलाई छुट दिनु हुन्न ।
यस अघि पनि सुलभ डिपार्टमेन्टल स्टोर्सले आफ्नो ट्रान्समिटर सार्वजनिक स्थानमा राख्न खोजेको थियो तर स्थानीय नागरिकको व्यापक विरोध भएपछि स्टोर्सले आफ्नै जग्गामा ट्रान्सफर्मर राख्न वाध्य भएको थियो ।
लकाडाउनका वेला जनचासो कम हुने, राज्यका निकायको ध्यान अन्यत्रै गएको मौका छोपेर व्यापारिक स्वार्थ प्रयोजन गर्ने कार्यलाई किमार्थ राम्रो मान्न सकिन्न । लेकसाइड जाने वाटोमा यसरी व्यक्तिगत स्वार्थ प्रयोग वा व्यापारिक स्वार्थ प्रयोग का भरमा सार्वजनिक सम्पत्तिलाई क्षति पु¥याउने कार्य रोक्न सवै लागि पर्नु पर्छ । लकडाउनको दुरुपयोग गर्ने कार्य तत्काल रोक्न आवश्यक रहेको जानकारहरु वताउँछन् ।

प्रतिक्रिया दिनुहोस्