मनिपाल शिक्षण अस्पताल वैशाख २२ गतेबाट आंशिक रुपमा ओपिडि सेवा सुरु भएको छ।
विरामीहरुको सेवालाई मध्यनजर गर्दै विहान ९ः३० बजेबाट दिनको १२ः०० बजेसम्म आवश्यक सेवाको भागलाई लगडाउन अवधि सम्मको लागि सञ्चालन गरिने अस्पतालका डाइरेक्टर सुदिप चौधरीले जनाएका छन्।
विरामीहरुको सेवा गर्ने कर्मचारीहरुले उचित प्रोटोकल सामाग्रीहरु लगाई सामाजिक दुरी र सरसफाईको व्यवस्था मिलाई काम गर्ने र विरामीहरुले अनिवार्य रुपमा माक्स लगाउनु पर्ने समेत चौधरीले बताएका छन्।
कोरोनाको त्रास बढिरहेको बेला सरकारी अस्पतालमा सुत्केरी गराउन पुगेका गर्भवती महिलाहरु भर्ना नलिदा मनिपाल शिक्षण अस्पतालमा चाप बढेको छ। गरिब विरामीहरु निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा झनै मर्कामा परेकोले सरकारी अस्पतालले सेवा बाट बञ्चित गर्न नहुने पीडितहरुले बताएका छन्।
मनिपाल शिक्षण अस्पतालमा सुत्केरी महिलाहरुलाई सरकारी सुविधा दिई भर्ना गरिएको छ। दैनिक जसो ८ देखि १२ जनासम्म अस्पतालमा भर्ना भएको प्रसुति तथा स्त्री रोग विभागकी एक नर्सले बताइन्।
कोरोना भाइरस अर्थात् कोभिड–१९ ले देशमा लगडाउन जारी छ। देशका सम्पूर्ण अस्पतालका इमरजेन्सि सेवा मात्र सञ्चालनमा रहेका छन् । ओपिडी सेवाहरु पूर्ण रुपमा बन्द रहेको छ। वाहिरी विरामीहरुलाई स्वास्थ्य जाँच गर्नको लागि कठिन भएको छ ।
२०८२ माघ २२
०६१४४५०००, ९८५६०३३३९१
मनिपाल शिक्षण अस्पतालबाट आंशिक ओपीडि सेवा सुचारु
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्