लकडाउनमा सिइओलाई वर्खास्त गरेर ए एण्ड वी इन्टरनेशनल हस्पिटल बन्द गरियो

सराङकोट न्यूज
26 May, 2020 4:50 pm
Advertisements

एस. लता लक्ष्मी पराजुली ए एण्ड वी इन्टरनेशनल अस्पतालको सिइओ हुन् । आफू र आफ्नो श्रीमान् अनिलवावु पराजुलीको ८० प्रतिशत लगानी रहेको उक्त अस्पतालमा लतालक्ष्मीको मात्र ३१ प्रतिशत शेयर लगानी रहेको छ भने श्रीमान् अनिल वावुको नाममा ४९ प्रतिशत शेयर रहेको छ । वाँकी २० प्रतिशत शेयर राधाकृष्ण पोखरेल, ऋषि खतिवडा, डा. रविमोहन ढकाल, सञ्जिवमणि रेग्मी सहित २१ जनाको नाममा वाँडफाँड गरिएको छ ।
मेजर शेयर समेत रहेकी फिजियो थेरापिस्ट पराजुली सिइओ पदबाट वर्खास्त गरिएकी छिन् । अस्पतालको संचालक समितिको वैठकको मिति २०७७ वैशाख १८ गतेको निर्णय भन्दै वैशाख २१ गतेवाट सेवामा नरहने गरी एस. लता लक्ष्मी पराजुलीलाई वर्खास्त गरिएको पत्र थमाइएको छ । मुलुक कोरोना महामारीका कारण लकडाउनमा रहेका वेला प्रमुख पदमा कार्यरत कर्मचारीलाई अवकास दिएको भन्दै दुःख व्यक्त गर्दै न्यायको लागि स्थानिय सरकार देखि श्रम कार्यालय सम्मको ढोका ढक्ढकाउन पुगेको वताएकी छिन् ।
१४ वर्ष अगाडि स्थापित साविक ए. वि. केयर एण्ड रिहयाविलेटेशन हाल ए एण्ड वी इन्टरनेशनल हस्पिटलको यो विवाद आकस्मिक भने होइन । हस्पिटलका अध्यक्ष अनिलवावु पराजुलीले २० प्रतिशत शेयर वेचेका व्यक्तिहरुलाई हस्पिटल जिम्मा लगाएर आफू सम्पर्क वाहिर भएपछि योजना वमोजिम नै एस. लता लक्ष्मी पराजुलीलाई दुख, हैरानी दिएर अस्पतालबाट हटाउने डिजाइन गरिएको एस. लता लक्ष्मी पराजुलीले वताएकी छिन् । भारतमा माइती रहेकी एस. लता लक्ष्मीलाई उनका सहपाठी पोखरा–२ विन्दवासिनीका अनिलवावु पराजुलीले विवाह गरेर नेपाल ल्याएका थिए । १० वर्षिय छोरी र श्रीमतीलाई छोडेर २ वर्षदेखि सम्पर्क वाहिर रहेका अनिलवावुले आफू र छोरीलाई वेवास्ता गर्दा गाँसवाँसको समस्याले चौपट पारेको भर्खर वर्खास्त गरिएकी एस. लता लक्ष्मी पराजुलीले वताएकी छिन्।

अनिलवावु पराजुलीले झण्डै दुई वर्ष अघि घर परिवारवाट सम्पर्क वाहिर भएदेखिनै हस्पिटलले आफूलाई दुःख हैरानी दिने योजनावद्ध श्रृंखला सुरु भएको एस. लता लक्ष्मी पराजुलीले वताउँछिन् ।

श्रीमानको निर्देशन र सल्लाह वमोजिम हस्पितलको अल्पमत शेयरको वोर्ड खडा गरेर आफूलाई नाम मात्रको सिइयो नियुक्त गरिएको तर अधिकार र दायित्व केहि नदिएर हस्पिटलमा मनोमानी गरेको, हर हिसाव माइनुट, वैंक खाता संचालन चेकमा हस्ताक्षर समेत गर्न नदिएर हस्पिटल एकलौटी ढंगले चलाउने गरेको मात्र हैन आफूले वोर्डको नि युक्ती अनुसार पाउनुपर्ने तलव भत्ता समेत महिनौ देखि नदिएर दुःख दिन खोजेको ३१ प्रतिशत शेयर होल्डर समेत रहेकी लता लक्ष्मी पराजुलीले वताइन् । 

मेजर शेयर होल्डर, त्यसमाथि पनि सिइओ एस लता लक्ष्मीलाई अल्पमत शेयर होल्डरहरु सम्मिलित वोर्डले चरम हैरानी दिएर तलव समेत नदिएपछि उनि मानवअधिकार आयोग, इन्सेक, कोपिला नेपाल जस्ता निकायको ढोकामा पुगेर न्याय दिलाई दिन आग्रह गरिन्, श्रम कार्यालयमा पनि नियुक्ति निर्णय र काम अनुसारको तलव भत्ता दिलाई पाउन उजुरी हालिन् ।

मानवअधिकार आयोग र श्रम कार्यालयले दुवै पक्षलाई वोलाएर छलफल पनि गरायो तर पनि टसको मस देखिएन ए एण्ड वी हस्पिटल वोर्ड वरु उल्टै सिइयोको विरुद्ध खनिन् विभिन्न आरोप प्रत्यारोपणमा उत्रिएको पराजुलीले वताइन् ।
श्रम कार्यालय पोखराले २०७६÷४÷१ गते दुवै पक्षवीच वैठक राखेर तलव भत्ता क्रमिक रुपमा दिने ४ दिन भित्र आर्थिक प्रतिवेदन श्रम कार्यालयलाई बुझाउने सर्तनामा गरायो तर न वक्यौता तलव दियो त गत वर्षको आर्थिक प्रतिवेदन नै, हस्पिटलले दुई वर्ष देखि रोकेको करिव ४० लाख रुपैयाँ तलव भत्ता पाउन वाँकी रहेको वर्खास्त गरिएकी सिइओ लता लक्ष्मी पराजुलीले वताइन् । आफ्नो तलव भत्ता, अस्पतालको आर्थिक विवरण माग्दा उल्टै धम्की दिने गरेको उनले वताइन् ।

अवकास दिएर अस्पताल वन्द

२०७५ असार ६ गते हस्पिटल वोर्डको निर्णय अनुसार असार १५ गते प्रमुख कार्यकारी अधिकृत –सिइयो) नियुक्ती गरिएकी एस लता लक्ष्मी लाई मासिक १ लाख ५० हजार तलव र फिजियो थेरापी भत्ता एवम् विदेशी स्वयम्सेवकबाट आउने भत्ता समेत पाउने गरी दिइएको जव डिस्कृप्सन र नियुक्तीका सर्त केहि महिनामात्र पालना भयो । चार महिना पछि तलव भत्ता केहि नदिएर सिइओवाट हटाउने षडयन्त्र रच्दै आएको हस्पिटलले २०७७ वैशाख १८ गते वैठक वसेर वैशाख २१ गते देखि लागु हुने गरी अवकास पत्र दिएर हस्पिटललाई पाए एक्लौटी चलाउने नपाए वन्द गर्ने योजनामा रहेको वुझिएको छ । सिइओको अवकास पछि जेष्ठ ७ गतेसम्म चलेको अस्पताललाई वन्द गरिएको छ उपचाररत विरामीलाई समेत जवर्जस्त डिस्चार्ज गरी अस्पतालको अन्तरंग वहिरंग सेवा वन्द गराइएको भन्दै लतालक्ष्मी पराजुलीले अस्पताल डुवाउने षडयन्त्र गरिएको आरोप लगाएकीछिन् ।
कोरोना महामारीको वेला वक्यौता तलव भत्ता समेत नदिइकन हस्पिटलले अवकास दिइएको प्रति एस लता लक्ष्मी पराजुलीले वडा कार्यालयमा उजुरी दिएकी छन् । वडा नं. २ कार्याल्यमा रहेको मेलमिलाप समितिमा सहमती हुन नसकेपछि प्रकरण महानगर न्याय समितिमा पठाउने निर्णय भएको छ ।

हस्पिटलले विभिन्न २९ वुँदाको आरोपको फेहरिस्त वनाएर अवकास दिनुपर्ने कारण पुष्टि गर्ने जमर्को गरेको छ । आरोप मध्य सरोङकोट साप्ताहिक, ताण्डव न्यूज र न्यूज २४ लाई कु–प्रचार लेखिदिन भनेको वुँदा नं. १६ मा उल्लेख गरिएको छ । हस्पिटलले संचार प्रतिष्ठानलाई समेत कु–प्रचार गर्ने माध्यम रहेको जनाएर आफ्नो कर्तुतलाई ढाकछोप गर्ने र पीडित एस. लता लक्ष्मीलाई गरिएको वर्खास्तीलाई सत्य पुष्टि गर्न अर्को झुट्टा आरोप समेत लगाएको खुल्न आएको छ । हस्पिटलले तयार पारेको २९ वुदें आरोप पत्रको वुंदा नं. १४ मा हस्पिटलको अध्यक्ष समेत रहेका एस लता लक्ष्मी पराजुलीका श्रीमान् अनिल वावु पराजुलीको खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीलाई अनुरोध गर्न मिति २०७५÷९÷७ को वैठकमा एस लता लक्ष्मीले हस्ताक्षर नगरेको उल्लेख गरिएको छ । जवकी हस्पिटलका वोर्ड र अनिलवावुको नियमित सम्पर्क सल्लाह भइरहेको कुरा ऋषि खतिवडाको राजिनामा स्वीकृतले प्रमाणित गर्दछ । प्रवन्ध निर्देशक ऋषि खतिवडाले मिति २०७६÷५÷२३ गते दिएको राजिनामा अध्यष अनिलवावु पराजुलीले २०७६÷६÷२ गते स्वीकृत गरी हस्ताक्षर गरेका छन् । खोजिकार्य गर्न प्रहरी प्रशासनलाई आग्रह गर्ने निर्णय गर्ने भन्दै पटक पटक भेटघाट गर्ने हस्पिटल वोर्डले उल्टो खेल खेलेर लता लक्ष्मीलाई दोषी करार गर्ने चेष्टा गरेको देखिन्छ । अध्यक्ष अनिल र हस्पिटल वोर्ड वीचका आपसी तालमेल, भेटघाटभइरहेको हुँदा हुँदै हस्पिटलको विवादलाई नियोजित रुपमा उचालेर लतालक्ष्मी लाई हस्पिटलबाटै खेद्ने योजना हुन सक्ने माथिका मित्थ्या आरोपले पुष्टि गर्न खोजेको छ । २९ मध्य धेरै वुँदाहरु यस्तै मित्थ्या शव्दजालमा वुनिएको र आफूले नेपाली भाषा लेख पढ गर्न नसक्ने हुँदा आफूलाई अन्यौलमा पारेर फसाउन खोजेको एस लता लक्ष्मी पराजुली वताउँछिन् ।
यता, हस्पिटलका प्रवन्ध निर्देशक राधा कृष्ण पोखरेल सिइओ पराजुलीलाई प्रकृया पुरा गरेर अवकास दिएको वताउँछन् । विभिन्न खाले विवाद र असहमती रहेकाले अव मिलेर जान नसकिने वताउँछन् । पोखरेलले अव शेयर किन्नु वा विक्री गर्नुको विकल्प नरहेको वताए । लकडाउनले गर्दा संस्था धरासायी हुन थालेपछि हस्पिटल वन्द गर्नुको विकल्प नरहेको र अव विवाद समाधान गरेर मात्र हस्पिटल खोलिने पोखरेलले वताए ।
ए एण्ड वी इन्टरनेश्नल हस्पिटलमा जारी विवाद अन्त्य गर्न छोडेर अन्य विवाद उछालेर संस्थालाई धरासायी वताउनु भन्दा निकास दिएर अघि वढ्नुको विकल्प छैन । लकडाउनका वेला वर्खास्त गरिएका कारण हस्पिटल विवाद उत्सकर्षमा पुगेको वुझिएको छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: