जि.पी. कोइराला फाउण्डेशनद्वारा पत्रकारलाई ज्याकेट वितरण

सराङकोट न्यूज
12 August, 2020 11:28 am

जि.पी. कोइराला फाउण्डेशन क्षेत्र नं. २ कास्कीले प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई प्रेस ज्याकेट वितरण गरेको छ।
फाउण्डेशनले प्रेस युनियनमा कृयाशिल ५० जना पत्रकारहरुलाई ज्याकेट वितरण गरेको हो।


फाउण्डेशन कास्की क्षेत्र नं. २ का संयोजक बसन्त चालिसेको अध्यक्षतामा आयोजित कार्यक्रममा सदस्य चन्द्रावती वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन्। कार्यक्रमलाई ने.का. कास्की क्षेत्र नं. २ ‘क’ का संयोजक विजयराज आचार्य, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल लगायतले शुभकामना व्यक्त गरेका थिए।
ज्याकेट वितरण कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश संयोजक शारदा पौडेलले वर्तमान अवस्थामा प्रेस युनियनको महत्वपूर्णं भूमिका रहेको बताउँदै महानगरको भ्रष्टचार काण्डका बारेमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र दिने बताउनुभयो। लकडाउनको सन्दर्भमा पत्रकारहरुलाई फिल्डमा खटिदा पहिचान जरुरी भएको अबस्थामा फाउण्डेशनले उचित समयमा प्रेस युनियनमा आवद्ध पत्रकारहरुलाई ज्याकेट सहयोग गरेको प्रति प्रेस युनियन कास्कीले धन्यवाद व्यक्त गरेको छ। पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको स्मृति दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको थियो।

Advertisements

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: