विद्यार्थीसँग असुलेको बढि शुल्क घटाएपनि फर्जि बिल काट्दै चरक मेमोरियल

सराङकोट न्यूज
1 December, 2020 12:42 pm
Advertisements

सराङकोट फलो–अप

 

भनिन्छ, एउटा गल्ती लुकाउन सय गल्ती गर्नुपर्ने हुन्छ । त्यस्तै भएको छ चरक मेमोरियल हस्पिटल व्यवस्थापनलाई यतिखेर । यसै वर्षबाट फार्मेसी, नर्सिङ लगायतका स्वास्थ्य शिक्षा कार्यक्रम संचालन सुरु गरेको चरक मेमोरियलले फार्मेसी विद्यार्थी भर्ना लिदाँ धरौटी शिर्षकमा सिटिइभिटिले तोके भन्दा ५ सय गुणा बढी ५ हजार सम्म धरौटी लिन पाउनेमा ३० हजार रुपैयाँ लिएको र स्वास्थ्य विमा शिर्षकमा ७ हजार पाँच सय रुपैयाँ सहित ३२ हजार ५ सय रुपैयाँ विद्यार्थीबाट वढि उठाएको प्रमाण सहित सराङकोटले गतहप्ता समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन पश्चात धरौटीमा २० हजार र विमामा ५ हजार सहित २५ हजार रुपैयाँ घटाएको पाइएको छ । अव भर्ना भएका विद्यार्थीहरुबाट २५ हजार कम लिएर विल काटेको प्रमाण सराङकोटलाई प्राप्त भएको छ । अझ यसमा पनि धरौटी वापत लिएको रकम दोव्वर वढि हो सिटिइभिटिका गण्डकी प्रदेश निर्देशक रामहरी देवकोटा भन्छन् ।


चरक मेमोरियलले यसै भाद्रबाट खरिद गरेको वेस्टर्न हेल्थ साइन्स एकेडेमी र पोखरा टेक्निकल हेल्थ मल्टि प्रपोज इन्स्टिचयुटले आफ्नै व्यवस्थापन सुरु गरिसकेको छ । आफ्नै व्यवस्थापन वमोजिम कर्मचारी नियुक्ती गरिएपनि उसले काट्ने गरेको विल भने पुरानै र फर्जि रहेको पाइएको छ । गत आ.व.को विल काटेर विद्यार्थीबाट करोड भन्दा वढी रकम असुल गरेको छ । यति सम्मकी चरकले वेस्टर्न हेल्थ साइन्स एकेडेमीको फर्जि खर्च शिर्षकको विल काटेर लाखौं रुपैयाँ आम्दानी गरेको भेटिएको छ । पान नम्वर समेत नलेखिएको विलमा ठेगाना समेत पोखरा–१७ उल्लेख छ जवकी उसको वास्तविक ठेगाना पोखरा ११ हो ।
सराङकोटमा ८ सय नम्वर भन्दा माथिको बिल काटेको समाचार आएको लगत्तै एकेडेमीले सुरु लटको वुकबाट विल काटेको भेटिएको छ । पान नम्वर समेत नलेखिएको विलमा विद्यार्थी र मिडिाको आँखा छल्न फर्जि विलको टुप्पोमा पान नम्वर लेखिएको रवर स्ट्याम्प लगाइएको पाइएको छ । मनपरी ढंगबाट फर्जि विल काट्ने उक्त एकेडेमीका एकाउन्टेण्ट सुवास पोखरेल प्रेसलाई दोष दिदै उम्कन खोजे । उनले भने “प्रेसले नम्वर हान्नै भुलेछ” चरक मेमोरियल हस्पिटलका प्रवन्ध निर्देशक कपिल पोखरेल कर काुननमा कतै नमिल्ने फर्जि विल काटेर लाखौं रुपैयाँ उठाइरहेको कुरा घाम जतिकै छर्लङ हुँदा पनि गल्ती स्वीकार्न तयार छैनन् । यति ठूलो संस्थाको सवै कारोवार आफूले हेर्न नभ्याउने भन्दै फर्जि विल कारोवारको वचाउ गरे ।
आन्तरिक राजस्व कार्यालय पोखराका सूचना अधिकारी विजय लामिछाने प्यान दर्ता भई संचालित व्यवसायिक संस्थाले आयकर ऐन २०५८ वमोजिम विजक जारी गर्नु अनिवार्य हुन्छ । विजक जारी नगरी हुने कारोवार गैह्र कानुनी हुने कर अधिकृत विजय लामिछाने वताउँछन् । पान नम्वर उल्लेख नगरेका विललाई फर्जी मानेर छानविन गर्नुपर्ने लामिछाने बताउँछन् ।
वेस्टर्न हेल्थ साइन्स एकेडेमी र पोखरा टेक्निकल हेल्थ मल्टिप्रपोज इन्स्टिच्यूट चरक मेमोरियलले खरिद गर्नु अघि पनि पटक पटक विवादमा मुछिदै आएको संस्था हो । करिव २७ करोडमा चरक मेमोरियलले खरिद गरेपनि त्यसको स्वामित्व हस्तान्तरण कार्य त्यति सहज देखिदैन । कर छलि विवाद देखि फर्जि विलको कारोवार फूल अडिटमा जान सक्ने अवस्था रहि आएको छ । साविकका इ कलेजको फूल अडिट नगरी स्वामित्व लिएमा चरक मेमोरियलमा सर्ने त्यो विवादले ठूलै मूल्य चुकाउन नपर्ला भन्न सकिन्न अत हाल भइरहेको कारोवार उपर तत्काल छानविन हुनु जरुरी रहेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: