२०८२ बैशाख ५
०६१४४५०००, ९८५६०३३३९१

सरकारी काममा कमर्सियल बैंकको चलखेल, वडालाई दिने आर्थिक अधिकार राष्ट्र बैंकले रोक्यो

पोखरा महानगरपालिकाले वडा वडालाई आर्थिक अधिकार दिने उद्देशयले थालेको तयारीलाई राष्ट्र बैंकले रोकेका कारण सेवा प्रवाह हुन सकेको छैन । आ.व. २०७७/७८ देखि नै वडा अन्तरगतका विकास निर्माण (पूर्जिगत) खर्च र सामान्य खर्चको अधिकार प्रत्यायोजन गर्ने नीति पारित गरी कार्यान्वयनमा ल्याउने जमर्को गरेको पोखरा महानगरपालिका ५ महिना पुरा हुँदा सम्म कार्यान्वयनमा ल्याउन सफल हुन सकेको छैन ।


पोखरा महानगरले दशैं अगाडि देखि वडा वडा बाटै चेक चलाउने गरी लेखापाल खटाउने निर्णय गरेको थियो । ५–६ वटा वडा हेर्ने लेखा पाल खटाउने गरी सचिव र लेखापालको दस्तखतबाट चेक चल्ने व्यवस्था मिलाई दस्तखत नमूना समेत राष्ट्रिय वाणिज्य वैंकमा पेश गरेको थियो । प्रदेश कोष लेखा कार्यालय पोखरा बाट कारोवारको सहमती लिइसकेको अवस्थामा समेत राष्ट्रबैंकले स्वीकृति नदिएको कारण सेवा प्रवाह सूचारु हुन नसकेको वताइएको छ ।
हाल सरकारी राजस्व सम्बन्धि कार्य राष्ट्रिय वाणिज्य वैंक मार्फत् हुँदै आएपनि दैनिक राजस्व संकलन सम्बन्धि कार्य एनआइसी एसिया वैंकले गर्दै आएको छ । एनआइसी एसिया लगायतका कमर्सियल वैंकहरुले महानगरका सवै आर्थिक कारोवार गर्न राष्ट्र वैंकसँग लविङ गर्दै आएको कारण राष्ट्रिय वाणिज्य वैंकलाई वडा वडाको खाता संचालन गर्न दिन आनाकानी भएको स्रोतले वताएको छ । हाल नेपालमा २७ वटा कमर्सियल वैंक संचालनमा रहेका छन् ।
राष्ट्रिय वाणिज्य वैंक पृथ्वीचोक शाखा प्रवन्धक राम प्रसाद शर्माले अवको एक हप्ता भित्र राष्ट्रिय वाणिज्य वैंकबाट विभिन्न ७ वटा कार्यालयबाट महानगरपालिकाका वडाको खाता संचालनमा आउने सम्भावना रहेको वताए । आउँदो विहिवार सम्म मलेनिकाले सहमती दिने र राष्ट्र वैंकले अनुमती प्रदान गर्न सक्ने शर्माले जानकारी गराए । हाल पोखरामा वाणिज्य वैंकका पृथ्वी चोक, अमरसिंह चोक, महेन्द्रपुल, पार्दी लेकसाइड र तालचोक गरी ६ वटा शाखा रहेका छन् भने वगरमा नयाँ शाखा खोल्ने प्रकृया अगाडि वढेको छ । यि शाखा हरु मार्फत् विभिन्न वडाका क्लस्टर वमोजिम सेवा प्रवाह गरिने वैंकले जनाएको छ ।
यस अघि धरान उपमहानगरपालिका, नेपालगंज उपमहानगर पालिकाहरुमा वडाको खाता संचालन भइसकेका छन् भने काठमाडौंमा ७ वर्ष पहिल्यैबाट वडावाटै खाता चल्दै आएको छ तर पोखरामा नीजि स्तरका कमर्सियल वैंकले खाता चलाउने अनुमतीका लागि राष्ट्रवैंकलाई दवाव र प्रभावमा पार्दै आएकोले राष्ट्र बैंक निर्णय दिन आलटाल गरिरहेको वुझिएको छ । महानगरको लविङ कमजोर भएका कारण पनि राष्ट्र बैंक सरकारी वैंकलाई दिनेकी निजि कमर्सियल वैंकलाई दिने भन्ने वारेमा अलमल परेको हुन सक्छ ।
केन्द्रीय वैंककै कारण महानगरपालिकाका सेवा प्रवाह वडा सम्म पुग्न नसक्दा हजारौं सेवाग्राही प्रभावित भएका छन् भने खटाइएका कर्मचारी पनि अलमल परेको बताउँछन् । अहिले हरेक वार्डलाई ७० लाखेको वजेट सिलिङ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्