खोलामा डोजर चलाउनेलाई ५० हजार दण्ड तिराइयो

सराङकोट न्यूज
30 March, 2021 9:16 am

पोखरा–३२ को गढी घाट स्थित खोलैमा लगेर डोजर चलाई खोलाको वहाव परिवर्तन गराउने र खोरी बनाएर वालुवा निकाल्ने गिरोहलाई पोखरा महानगर पालिकाले ५० हजार रुपैयाँ दण्ड तिराएको छ । गढी घाट समेतको ढुंगा वालुवा गिट्टि ठेक्का लिएको एनिका निर्माण सेवाले माघको अन्तिम सातामा खोलामै डोजर चलाएको सप्रमाण समाचार सराङकोट साप्ताहिक र सराङकोट न्यूज डटकमले प्रकाशन गरेको थियो। समाचार प्रकाशन भए लगत्तै महानगरपालिकाले छानविन अगाडि बढाएको थियो ।

छानविन पछि गल्ती प्रमाणित भएपछि ठेकेदार कम्पनी एनिका निर्माण सेवालाई पहिलो पटकलाई ५० हजार दण्ड तिराएको महानगरको राजस्व प्रशासन महाशाखा प्रमुख गणेश पाण्डेले सराङकोटलाई बताएका हुन् । दोस्रो पटक यस्तै गल्ती गरेमा ठेक्का तोडिन सक्ने महाशाखाले वताएको छ ।

Advertisements

सम्झौता अनुसार नदी खोला घाट खानीमा डोजर चलाउनु गैह्रकानुनी कार्य हुन्छ । नदी खोलामा डोजर चलाउँदा प्रकृतिक स्रोतको दोहनका अलावा खोलाको कटान वढ्न गई गाउँ वस्ती, सडक पुलमै क्षति हुन जाने जानकारहरु बताउँछन् महानगरपालिकासँग ठेक्का सम्झौता हुँदा नै मेसिन प्रयोग निषेध गरिएको हुन्छ ।

खानी संचालन गर्ने ठेकेदारहरुले सर्त विपरित मनोमानी कार्य गर्ने गरेको पाइएको छ । समान सप्लाई गर्दा विल जारी नगर्ने, नछोपी कन समान सप्लाई गर्ने गरेको आरोप उनिहरुलाई लाग्ने गरेको छ । प्रहरीले सडकमा कडाइका साथ चेकिङ गर्ने हो भने राजस्व चुहावट र अनियमितता रोकिन सक्ने सम्भावना रहन्छ ।

त्यतिमात्र हैन सम्झौतामा उल्लेख भए भन्दा दोव्वर मूल्य रोयल्टी वापत उठाउने गरिएको बारे पटक पटक उजुरी गर्दापनि कुनै छानविन गर्न महानगर र प्रहरी प्रशासन मौनता साँधेर वसेका छन् जसले गर्दा दण्डहिनता मौलाएको पाइन्छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: