यस्तो छ पोखरा महानगरको आम्दानी

सराङकोट न्यूज
7 May, 2021 12:03 pm
Advertisements
Advertisements

भूगोलमा नेपालकै सवभन्दा ठूलो महानगरपालिकाको विरासत प्राप्त पोखरा महानगरपालिकाको वार्षिक आय संकलन लक्ष आ.व. २०७७–७८ मा २ अरव ३६ करोड ५१ लाख ११ हजार रहेको मा ०७७ चैत्र मसान्त सम्ममा १ अरव ३६ करोड ४५ लाख ९५ हजार ७६८ रुपैयाँ आय संकलन गर्न सफल भएको छ । कोरोना महामारीको कहरका वीचमा आम्दानीको यो अंकलाई उपलव्धिपूर्ण मानिएको छ । गत वर्षको समिक्षा अवधिमा जम्मा ७९ करोड ५८ लाख ७६ हजार ९ सय ३३ रुपैयाँ असुल गरेको थियो । गत वर्षको समिक्षा अवधिको तुलनामा ५६ करोड ८७ लाख १८ हजार ८ सय ३५ रुपैयाँ वढि हो ।
आ.व. ०७७/०७८ का अधिकांस महिना कोरोनाको उच्च जोखिममा रहेका थिए । महानगरको राजस्व प्रशासन महाशाखा प्रमुख गणेश पाण्डे भन्छन् –“नागरिकलाई दिने सेवालाई व्यवस्थित वनाइए सँगै राजस्व असुलीलाई पारदर्शी वनाइएका कारण अपेक्षाकृत राजस्व वढि उठेको हो ।” कोरोना महामारीका कारण प्रक्षेपित आय असुलीमा प्रभाव पर्न सक्ने राजस्व प्रमुख गणेश पाण्डे वताउँछन् ।
अघिल्ला वर्षहरुमा महानगरको राजस्वको भकारीमा परेका लुपहोलहरु टाल्ने प्रयास भएको र महानगरको आय प्रणालीमा थप पद्दतिको विकास हुन जरुरी रहेको छ । राजस्व महाशाखाले महसुस गर्दै कार्य गरिरहेको दावी गरेको छ ।
महानगरले असुल गरेको राजस्व मध्य घर जग्गा रजिस्टेशनको हिस्सता वढि रहेको छ । चालु आ.व. को लक्ष ३७ करोड ७० लाख रहेकोमा चैत्र मसान्त भित्र लक्षभन्दा वढी अर्थात् ४० करोड २ लाख ४३ हजार ६ सय ४० रुपैयाँ असुल भइसकेको छ । अघिल्लो पुरै आ.व. भित्र जम्मा २८ करोड ४५ लाख असुल गरेको थियो ।
यस्तै दोस्रो आम्दानीको हिस्सा अन्य सेवा शुल्क फोहोरमैला, ढुंगा वालुवा माटो विक्री को रहेको छ । उक्त शिर्षक नं. १४२१९ मा २८ करोड वढी आय भएको छ । पुरै आवमा ३५ करोड लक्ष प्रक्षेपण गरिएकोमा चैत्र मसान्त सम्मको आम्दानी हो । गत आ.व. ०७६/०७७ पुरा अवधिमा १९ करोड २१ लाख असुल भएको थियो । तेस्रो आय हिस्सा नक्सा पास दस्तुर रहेको पाइएको छ चैत्र मसान्त २०७७ सम्म १७ करोड ८० लाख रहेको छ । ३० करोडको लक्ष लिएको यो शिषकको समिक्षा अवधिमा १० करोड ८० लाख असुल भएको थियो ।
चालु आ.व. मा विकास निर्माण कार्यले पनि गति लिएको पाइएको छ । चैत्र मसान्त सम्म करिव साढे ६ करोड लागत सहभागिता संकलन भएको छ । १० करोडको लक्ष प्रक्षेपण गरिएको उक्त शिर्षकमा गत पुरै आ.व. मा २ करोड ९५ लाख मात्र संकलन भएको थियो । भुमी करबाट १ण् करोड वढी राजस्व असुल भएको छ गत आवको समिक्षा अवधिमा ७ करोड ११ लाख रुपैयाँ असुल भएको देखिन्छ यस्तै सम्पत्ति करको राजस्व लक्षको असुली कमजोर पाइएको छ । २६ करोड ५६ लाख लक्ष प्रक्षेपण गरिएकोमा ०७७ चैत्र मसान्त सम्म जम्मा ६ करोड ४२ लाख रुपैयाँ असुल भएको छ । गत आवमा समिक्षा अवधिमा सम्पत्ति कर ७ करोड ५३ लाख वढी उठेको छ । गत वर्षको समिक्षा अवधिमा यो अंक १ करोड ११ लाख कम हो ।
समग्रमा पोखरा महानगरपालिकाको आन्तरिक आम्दानीको अनुपात यो वर्ष उल्लेख्य रुपमा वृद्धि भएको तथ्यांकले वताउँछ यद्दपि सम्पत्ति कर, व्यवसाय कर असुलीको दायरा बढाउन जरुरी रहेको पाइन्छ । केहि ठूला ठालु भनिनेहरु र व्यापारिक घराना करको दायरामा छिर्न नसकेको चित्रले संकेत गर्छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: