मापदण्ड बनाउनेले नै उल्लंघन गरे

सराङकोट न्यूज
19 August, 2021 9:55 am

नगरको मापदण्ड वनाउने र कार्यान्वयन गर्ने निकाय पोखरा महानगर पालिकाकै कार्यपालिका सदस्य तथा वाड नं. ३ का अध्यक्ष रविन्द्र वहादुर प्रजुले मापदण्ड मिचेर बनाइएको प्रहरी विट भवनको उद्घाटन श्रावण ३० गते आफैले गरेका छन् । पोखरा ३ वाल मन्दिर स्कुल चोकमा पोखरा सिँचाई नहर माथि निर्मित अस्थायी प्रहरी विटको स्थायी भवनको शिलान्यास पनि वडा अध्यष प्रजुले नै गरेका थिए ।


नहर माथि निर्मित उक्त प्रहरी विट भवनले सडकको मापदण्ड पनि मिचेको छ भने नक्सा पास समेत गरेको छैन । जनताबाट उठाइएको ३७ लाख रुपैयाँ खर्च भएको दावी निर्माण समितिले गरेको उक्त भवन उद्घाटनका लागि प्रदेश सरकारका मन्त्रीहरु वाटै गराउने दावी गरिएपनि अन्ततः विवादमा मुछिनेडरले मन्त्री उद्घाटन गर्न चाहेनन् । त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षकबाट गराउन पहल भयो तर प्रदेश प्रहरी कार्यालयले पनि उद्घाटन गर्ने मनसाय नदेखाएपछि अन्तत वडा अध्यक्षबाटै उद्घाटन गराइएको थियो ।
उद्घाटन मन्तव्य दिदै वडा नं. ३ का अध्यक्ष रविन्द्र वहादुर प्रजुुले आफूलाई नियम कानुन भन्दा शान्ती सुरक्षा ठूलो रहेको वताएका थिए । कानुन विना शान्ति सुरक्षा कसरी दिन सकिन्छ भन्ने हेक्का वडा अध्यक्षले राख्न सकेनन् उनको भनाइले पनि उक्त प्रहरी विट कानुन विपरित वनाइएको पुष्टि गराएको छ । कानुनी राजमा सरकारी निकाय कानुनको परिपालनामा उदाहरणीय वन्न सके मात्र आम नागरिकलाई कानुन कार्यान्वयन गर्न गराउन सहज हुन्छ तर नेपालमा कानुन वनाउने र कार्यान्वयन गर्ने गराउने हरुबाट कानुनको उल्लंघन गरिदै आएको पाइन्छ नदीपुर प्रहरी विट एउटा उदाहरण प्रकरण मात्र हो । कास्कीमै धेरै प्रहरी कार्यालयहरु आफ्नो जग्गामा छैनन् र पनि स्थानिय समुदायको पहलमा भवन, कार्यालय व्यारेक निर्माण गरिदिएका छन् वडा प्रहरी कार्यालय वगर पनि राष्ट्रिय मा.वि.को जग्गामा रहेको छ तर उक्त भवन निर्माणमा मापदण्ड र अन्य नियम कानुन मिचिएको छैन ।

Advertisements

आम्दानी खर्चमा विवाद

नदीपुर प्रहरी विट निर्माण समितिले मिमित २०७८÷३÷८ गते आय व्यय विवरणको फलेक्स् सार्वजनिक ग¥यो । काम सकिएपछि आय व्यय विवरण सार्वजनिक गरिन्छ त्यसरी हेर्दा उक्त आय व्यय विवरणमा ३२ लाख ५७ हजार २०८ रुपैयाँ आम्दानी र ३० लाख ४९ हजार ७०४ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको पाइन्छ । निर्माण समितिको वैठकले पास नै नगराई आय व्यय सार्वजनिक गरिएको भन्दै समिति भित्रै विवाद उत्पन्न भएपछि सार्वजनिक गरिएको आय व्यय विवरण हटाइएको थियो ।
प्रहरी विटको उद्घाटनको दिनमा श्रावण ३० गते अर्को विवरण सार्वजनिक गरियो प्रहरी विट निर्माणमा ३७ लाख खर्च । एउटै भवनको आय व्यय दुई पटक सार्वजनिक गर्दा झण्डै ७ लाख वढि खर्च भएको देखाइएको छ । निर्माण समिति स्वयंले गरेको आय व्यय सार्वजनिक परस्पर विरोधी भएपछि स्थानिय समुदायका कतिपय व्यक्तिले प्रहरी विट निर्माण कार्यमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा छानविनको माग गर्दै निवेदन दिएका छन् । हेरौं कस्तो छानविन गर्छ प्रशासनले ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: