नेपाली कांग्रेस पोखरा–१९ द्धारा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम

सराङकोट न्यूज
24 October, 2021 6:01 pm
Advertisements

नेपालीहरुको महानपर्व विजयादशमी, दीपावली, नेपाल सम्वत्, छठ, इद तथा क्रिसमसको उपलक्ष्यमा नेपाली कांग्रेस पोखरा महानगर वडा नं. १९ इकाईले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा जिल्लाको उपसभापति आई बहादुर गुरुङ, क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्मा, महासमिति सदस्य वावुराम आचार्य, अग्रज पत्रकार गंगाधर पराजुली, जिल्ला सदस्य मदन बहादुर केसी, ने.का. पोखरा महानगरका नवनिर्वाचित सभापति सुरेन्द्र मान विजुक्छे, जिल्ला सदस्य पुस्पेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले अव नेपाली कांग्रेसको पहिलो काम कम्यूनिष्टलाई परास्त गराएर चुनाव जित्ने अनि देश र जनताको भावना अनुकुल सेवा गर्नुपर्ने रहेको बताएका थिए । सभापति केसीले भने कम्यूनिष्ट साशकहरुले देश र जनताको वारेमा सोच्न नसकेको केवल आफ्ना नेता र वरिपरिका मान्छेहरुको मात्र स्वार्थ हेरेर कार्य गरेको बताउँदै अव कांग्रेस नेता र कार्यकर्ताले मन भित्रका विकृति र नराम्रा कुराहरुलाई दिमागबाट हटाएर राम्रा कुरामात्र लिएर अगाडि वढ्नु पर्ने सुझाव दिए ।
महानगर नेका सभापति सुरेन्द्रमान विजुक्छेले वडा इकाई महानगरको जग भएकोले वडा इकाई वलियो भएपछि मात्र महानगर वलियो हुने दावी गरे । यस्तै क्षेत्र नं. ३ का सभापति पोषनाथ शर्माले आगामी हुने तिनै तहको निर्वाचन जिताउन एक भएर लाग्नु पर्ने बताएका थिए ।
वडा इकाई १९ का उपसभापति अमराज वास्तोला “विशाल” ले ने.का. को महाधिवेशन समयमै हुनुपर्नै बताउँदै प्रजातन्त्रको रक्षार्थ सवै एक हुनु पर्ने वताएका थिए ।
वडा इकाइका सचिव वुद्धि खत्रीले संचालन गरेको स्वागत शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा इकाई सचिव सरिता केसी महासमिति सदस्य वावुराम आचार्यले नेपाली कांग्रेसको कार्यगत एकतामा जोड दिएका थिए । वडा इकाइका सभापति विष्णु प्रसाद वास्तोला प्रकाशको सभापतित्वमा कार्यक्रम वि.वि. स्मृति भवन लामाचौर सहरडहरमा भएको थियो ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: