औषधी व्यवसायी संघ गण्डकीको स्थापना दिवसको पूर्व सन्ध्यामा मानव सेवा आश्रमलाई सहयोग

सराङकोट न्यूज
21 February, 2022 9:33 pm
Advertisements

पोखरा : नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले प्रदेश समिति स्थापनाको पूर्व सन्ध्यामा सोमबार पोखरा–१६, छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई औषधी तथा भोजन दान गरेको छ । आश्रममा रहेकाहरुलाई अत्यावश्यक पर्ने औषधी र भोजन गरि १ लाख ३५ हजार बढी रकमको सहयोग उपलब्ध गराएको प्राप्त समाचारमा जनाइएको छ ।


साविकमा औषधी व्यवसायी संघ गण्डकी शाखा र धौलागिरी शाखाको रुपमा रहेको औषधी व्यवसायीहरुको छाता संस्थाले संघीयता कार्यान्वयन गर्दै २०७७ फागुन १० गते औषधी व्यवसायी संघ गण्डकी प्रदेश समिति स्थापना गरेको थियो । संघले स्थापना दिवस फागुन १० गते मंगलबार पोखरामा आयोजना गर्ने भएको छ । स्थापना दिवसको अवसरमा संघले औषधी र स्वास्थ्य क्षेत्रमा निर्भिकतापूर्वक कलम चलाई खोज खबर प्रकाशन गर्दै आएका पत्रकार यदुनाथ बञ्जारालाई विशेष सम्मान गर्ने निर्णय गरेको नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेश अध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताएका छन् ।
स्थापना दिवसको पूर्व सन्ध्यामा मानव आश्रम केन्द्र छोरेपाटनमा आयोजित औषधी तथा भोजन सहयोग कार्यक्रममा संघ गण्डकीका पूर्व अध्यक्ष, केन्द्रीय मानार्थ सदस्य स्व. नर बहादुर राना, साविक नेपाल औषधी व्यवसायी संघ गण्डकी अञ्चल शाखाका संस्थापक अध्यक्ष स्व.केशवलाल श्रेष्ठ र साविक धौलागिरी अञ्चल शाखाका संस्थापक अध्यक्ष स्व.चिरञ्जिवी नारायण भारीको तस्वीरमा माल्यार्पण गरि मानव आश्रममा आश्रित आमा बुबा दिदी बहिनी तथा दाजुभाईहरुलाई औषधी र भोजन दान हस्तान्तरण गराइएको थियो ।
संघका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव केशरीप्रसाद तिवारीले गरेका थिए । सञ्जिव देवकोटा क्षेत्रीको संयोजकत्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष झलक शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: