कृषि क्रान्तिको सपना संगाल्दै एग्रो फर्ममा होमिएका दुई जोडी दम्पत्ती

सराङकोट न्यूज
23 February, 2022 6:53 pm
Advertisements

यदुनाथ/पारिजात
पोखरा

पछिल्लो समयमा नेपालका युवा शक्ति कृषि तथा पशुपालन कार्यमा आकर्षित हुन थालेको पाइन्छ । खाडीबाट फर्किएका मात्र हैन युरोप र अमेरिकाको कमाई छोडेर फर्किएका कतिपय युवाहरु कृषि तथा पशुपक्षी पालन क्षेत्रमा लगानी गरेर आफै खटेर लागि परेका छन् । वैदेशिक रोजगारबाट फर्केका मात्र होइनन् । स्वदेशमा पढेर उच्च शिक्षा हासिल गरेका शिक्षित जनशक्तिको पनि कृषि क्षेत्रमा उल्लेख्य उपस्थिति देखिएको छ ।
कृषि प्रधान देशको नामले चिनिने नेपाल अझै पनि आत्मनिर्भर छैन कृषि क्षेत्रमा । सरकारले ल्याउने कृषि नीति लगानी मैत्री हुन नसक्नु, युवामैत्री हुन नसक्नु, आश्रित भएर बाँच्न ढुक्क हुन सक्ने अवस्था नहुनुले अपेक्षाकृत रुपमा नेपालीहरुले कृषि पेशालाई अगाल्न नसकिने गुनासो रहेको पाईन्छ ।
सरकारले कृषि क्षेत्रमा लागेकालाई प्रोत्साहन गर्ने गरि नीति ल्याएको देखिन्छ । हरेक वर्ष बजेटमा कृषि क्षेत्रलाई अरबौं रुपैयाँ विनियोजन गरिन्छ । सस्तो ब्याजमा बैंक ऋण पाउने घोषणा गरिन्छ । सरकारले दिने घोषणा गरेको अनुदान र सस्तो ब्याजको ऋण सरकारले बोले जस्तो निस्पक्ष र पारदर्शी बन्न सकेको छैन । अनुदान पार्टीका आस्थावान कार्यकर्तालाई दिने गरि कार्यविधि लागू गर्ने नेता र नागबेली शैलीमा झुलाएर थकाएर हैरानी दिने कर्मचारीहरुले राज्यको नीति कार्यान्वयनमा भांजो हालेका छन् । दुःख बेसाएर गरिएको लगानी नै संकटमा पर्दा पनि न राज्यले अनुदान दिन्छ न सर्व सुलभ ब्याजदरको ऋण नै ।
सफ्टवेयर ईन्जिनियर उषा शर्मा पौडेल र शिक्षण पेशा छाडेकी अनिषा बराल कृषि पेशामा होभिएका छन् । पोखरा ३३, भरतपोखरी स्थित ठूल्ढु·ामा २० रोपनी जग्गा भाडामा लिएर बाख्रा पालन, लोकल कुखुरा, हाँस, टर्की पालन कार्यमा लगानी गरेको एक वर्ष पूरा भइसकेको छ । दुई युवा उषा पौडेल र अनिषा बरालको नाममा दर्ता गरिएको उन्नती मल्टी एग्रो फार्ममा बोयर जातको उन्नत बोका, खसी र जमुना पारी जातका माऊ पाठा समेत गरि ६० वटा पुगिसकेका छन् । छोडेर पालिएका लोकल कुखुरा ३ सय भन्दा बढी छन् । वर्षामा पाल्न थालिएका हांसहरु पर्याप्त पानीको अभावमा हिउँदमा पाल्न नसकिएको तितो यथार्थ पनि उनीहरुसँग ताजै छ ।
वार्षिक एक लाख ५० हजार भाडा तिर्ने गरी २० रोपनी पाखो बारी जग्गा १५ वर्षका लागि भाडा सम्झौता गरिएको छ । आफैले रोपेको नेपिएर, सुपर नेपियर घाँस खुवाएर हुर्काएका बाख्रा पाठा र छोडेर पालिएका लोकल कुखुराहरु हुर्कदै गएका छन् । गोठ, खोर बनाउने देखि फार्म निर्माण र सञ्चालन गर्दा गर्दै झण्डै ५० लाख रुपैयाको लगानी भइसकेको छ । प्रतिफल आउन अझै वषृ दिन लाग्ने र व्यवसाय सप्लाएर गएको खण्डमा लगानी उठ्न कम्तिमा ५ वर्ष लाग्ने अनुमान गरिएको छ।
अनिषा र उषाको नाममा दर्ता भएको उक्त कृषि फार्ममा परिवारको राम्रो र सुझबुझपूर्ण सहयोग रहेको पाइन्छ । इ. उषा शर्मा पौडेलका श्रीमान सुनिल पाण्डे कलेजमा प्राध्यापन गर्छन् । विहानबाट सुरु हुने कलेजको काम भ्याउने बित्तिकै खाना खाएर चिसै हात लिएर फर्ममा पुगिहाल्छन् र कर्मचारी सँगै आफै खटिन्छन् । पाण्डे भन्छन, “काम पनि हुने दिन पनि श्रृजनात्मक कार्यमा बित्ने गरेको कारण खुसी छु ।”
यस्तै अनिषा बरालका श्रीमान फडिन्द्र अकिञ्चन पेशाले पत्रकार हुन् । देश दुनियाका खबरमा काम गर्दै आएका फडिन्द्र पनि अफिसको कामबाट फुर्सद निकाल्ने बित्तिक्कै फार्ममा पुगिहाल्छन् । उनीहरु चारै जनाको एउटै ध्याउन्न हुन्छ कृषि व्यवसाय कसरी सफल पार्ने र आफ्नो व्यवसायलाई लगानी थपेर व्यवसायीहरु र सफल उद्यमी कसरी बन्ने ?
खारिदै गएको अनुभव र हुर्कदै गएको युवा जोस जाँगर र सिर्जनासिलताले मूर्त रुप दिने चाहना सबैको हुन्छ । उषाा दम्पत्ति र अनिषा दम्पत्तिलाई पनि त्यहि चाहाना र अपेक्षाले मनमा जरा गाडेको हुन सक्छ । शैक्षिक रुपले अब्बल कोटीमा रहेका यी दुई परिवार कृषि कर्ममा होमिएका छन् । कृषि कर्म दुःखी पेशा मात्र हैन जोखिमपूर्ण पनि मानिन्छ । त्यसमा मुख्य जोखिम भनेको लगानीको सुरक्षा नहुनु नै हो ।
५० लाख लगानी गरेर व्यवसाय सुरु गरेको १ वर्ष पूरा भइसकेको छ । महिला उद्यमी भने पनि युवा उद्यमी भनेपनि दुवै पक्षको सक्रिय सहभागिता त्यहाँ देखिन्छ । राज्यले गरेको घोषणा युवा लक्षित कार्यमा टेवा दिन खोजीखोजी प्रोत्साहन गर्न आवश्यक देखिन्छ । तर कृषि कार्यमा होमिएका चारै जनाको एउटै आग्रह छ । प्रोत्साहन स्वरुप दिइने अनुदान निस्पक्ष र पारदर्शी भइदियोस । गोठमा भकारो सोहोर्ने र पशुपक्षी पालन गर्ने लक्षित समूहमा सहज ढ·बाट निस्पक्ष अनि पारदर्शी शैलीले प्रोत्साहन अनुदान पुग्न सकेमा व्यवसायमा जोखिम घट्ने, लगानी बढ्न गई स्वरोजगार व्यवसायी हुँदै सफल व्यवसायीको कित्तामा पर्न जाने निश्चित छ ।
केन्द्रीय सरकार, प्रदेश सरकार देखि स्थानिय सरकारले दिने अनुदान झोले कार्यकर्ता र झोले किसानमा पुग्नु हुन्न । त्यसको लािग स्पष्ट कार्यविधि, यथार्थ मापदण्ड र परिणाममुखी कार्यलाई निस्पक्ष ढ·बाट वितरण गर्न जरुरी छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: