क्रिप्टो करेन्सीका गिरोह पोखरामा सकृय, राज्य मौन

यदुनाथ बन्जारा
25 February, 2022 1:31 pm
क्रिप्टो करेन्सीका गिरोह
Advertisements

पोखरा : 

राष्ट्र बैंकले क्रिप्टो करेन्सी अर्थात् भौतिक अस्तित्व नभएको डिजिटल मुद्दा सम्बन्धि कारोवारलाई गैह्रकानूनी ठहर गरेको छ । अर्थमन्त्रालयले कार्यदल नै बनाएर क्रिप्टो करेन्सी नियन्त्रण गर्न प्रहरी फोर्सको विज्ञ टोलीलाई अनुसन्धान गर्न निर्देशन नै दिएको छ भने कतिपय यस्तो केसहरु सतहमा आइसकेका छन् । विशेष प्रहरी विभाग (सिआइवी)ले गरेको अनुसन्धानबाट पनि नेपालमा क्रिप्टो करेन्सी जस्तो अवैध धन्दाहरु भइरहेको भेटिएका छन्।

पोखरामा सकृय तर गोप्य

फागुनको ४ गते लेकसाइडको हल्क होटलमा दुई जना अधवैसे युवाहरु भेटिए । अन्दाजी ३० वर्ष कटेका ति युवाहरुले हामीले चिनेको एकजना साथीलाई पटक पटक भेट्न वोलाए । ति साथीलाई भेट्न वोलाउनुको कारण पनि वुझियो । उनिहरुले लगानी गरेर रातारात धनी वन्न सकिने बताएर लोभ देखाएपछि ति साथीलँई डर लागेको रहेछ। उनले मलाई ति व्यक्तिहरुको नियत ठिक नभएको संकेत गर्दै अरु सर्वसाधारणलाई ठगिनबाट जोगाउन आवश्यक ठानेर मलाई साथै लगेर उनिहरुको वास्तविक धन्दा वुझ्ने योजना वन्यो । अनि हामी दुई जना क्रिप्टो करेन्सीको लगानीकर्ता ग्राहक वनेर होटल हल्कको रुम नम्वर ४०३ मा पुग्यौ जहाँ उनीहरु भिआइपी शैलीमा त्यो रुममा आराम गरिरहेका थिए । हाम्रो भेट भयो।
नमस्ते म तारक केसी घर दाङ । नमस्ते म कमल सुनार मेरो ससुराली दाङ, घर आसाम तिर हो । उनिहरुले आफ्नो परिचय दिए तर वनावटी । हामीले आफ्नो फरक नामको परिचय दियौ । मार्केटिङ गछौ हामीले भन्यौ ।
अनि सुरु भयो उनिहरुको ठगि प्रवचन । उनिहरुले यो पेशा गोप्य हुनुपर्छ भन्दै भूमिका वाँधे । हाम्रो स्रोत उनीहरुको सामान्य चिनजानका मान्छे । तारक केसी मुख्य खेलाडी रहेछन् । उनले क्रिप्टो करेन्सीको खेल नेपालमा अवैध छ तर लगानीको ४ सय प्रतिशत फाइदा आफैले दिने वताए । अनलाइनबाट खेलिने गेममा क्रिप्टोबाट १ वर्षमा ४ सय प्रतिशत फाइदा दिने वताउँदै कम्तिमा ५ लाख र वढीमा करोड सम्म हाल्न अनुरोध गरे । उनिहरुले जग्गा र सुन वैंकमा राखेर पैसा दिइँदा पनि घाटा नहुने भन्दै लोभ देखाए । हामीले अवुझ वनेर लाटो सोझो प्रश्न मात्र राख्यौ । उनिहरुले पनि जवाफ दिदै भोली १० बजे भित्र पैसा जम्मा गर्न आग्रह गरे । हामीले भोली भेटौला है भन्दै विदा माग्यौं ।
अचम्म त के भने उनिहरु दुई दिनमात्र अघि वसेको होटल परिवर्तन गरेर हल्क होटलमा आएका रहेछन् । एकै ठाउँ वसिरहँदा प्रहरीले थाहा पाउने डर रहेछ उनिहरुलाई हामी सँग पनि हामीले खेल्ने डिजिटल मुद्दाको केश वारे अरु कसैलाई थाहा नदिन बरु आफन्त, साथीभाई बाट वडी से वडी रकम संकलन गर्न सल्लाह दिएका उनिहरुको असली धन्दा वुझ्न हामीलाई गाह्रो परेन ।
होटल फेरी फेरी वस्ने अनि एक एक व्यक्ति खोजी खोजी फसाउने खेल १६ रै आना गलत थियो । हामीले यो खवर प्रहरीलाई दिएर जनता ठगिनबाट जोगाउन पर्छ भन्ने सोच्यौ र खवर कास्की प्रहरीलाई उपलव्ध गरायौं । कास्की प्रहरीले हामीले पठाएको खवर सिआइवीमा रिले गरेको थाहा पायौं । गिरोह कहाँ पुग्यो थाहा छैन कति जनाबाट कति रकम ठग्यो थाहा छैन । भित्र भित्र सकृय रहेका अवैध धन्दावाल गिरोहबाट आम जनता सजग रहनु जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: