सार्वजनिक जग्गा मिच्न किन अटेरी गर्छन् आमा समूह ?

सराङकोट न्यूज
28 June, 2022 10:26 am
Advertisements

पोखरा

सामुदायिक भवन बनाउने बहानामा आमा समूहले सार्वजनिक जग्गा अतिक्रमण गर्ने रोग पोखरा महानगर भित्र सल्किएर महारोग बनिसकेको छ । पोखराका विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण कार्य रोक्न अघिल्लो महानगर नेतृत्व असफल भएका कारण अहिले पनि आतिक्रमण जारी रहेको छ । यसै क्रममा पोखरा–७, मासवारमा रहेको मासवार आमा समूहले पनि सार्वजनिक जग्गा मिचेर भवन निर्माण गरिरहेका छन्।
वडा कार्यालय, महानगरपालिका र स्थानियको विरोधका वावजुत रातारात निर्माण कार्य गरिएको छ । यति सम्मकी महानगर प्रहरीले निर्माण सामग्री र औचार वरामद गरी काम रोक्न निर्देशन दिँदा पनि अटेरी गरेर काम गरेका छन् यसो हुनुमा केहि नेताको ढाडस रहेको बुझिएको छ । मेयर धनराज आचार्यले आमा समूहको टोलीलाई हर्कार्दै भवन निर्माण नगर्न भन्दा पनि काम गर्ने जमर्को गरेका छन् ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: