सवारी नम्बरमा गड्बढ्, एउटै नम्बरका दुई सवारी किन हुन्छ कमजोरी ?

सराङकोट न्यूज
10 July, 2022 9:47 am
Advertisements

पोखरा

केहि दिन पहिला काठमाडौंको चावाहिलको जाममा एउटै नम्बरका दुई वटा मोटरसाइकल फेला परे । जाममा रोकिएका बेलापछि बस्ने अर्का एक चालकले एउटै नम्बरका दुई वटा मोटरसाइकलको फोटो खिचे र सामाजिक सञ्जालका फोटो पोस्ट गरिदिए । बागमती प्रदेश ०२२ प को २३८० नम्बर थियो दुइवटै मोटरसाइकलको । नेपालको मौजुदा कानूनमा यो सोह्रै आना गैह्रकानूनी कार्य मानिन्छ ।
यो त निजी नम्बरका मोटरसाइकलले गरेको कमजोरी देखियो । सामाजिक सञ्जालमै यसै हप्ता अर्को फोटो पोस्ट भयो सरकारी सवारीको । २ वटा सेता प्लेटको सरकारी सवारीको नम्बर एउटै रहेको स्पष्ट देखिएको छ। तस्विरमा देखिएका दुई वटा सवारीको एउटै नम्बर बा.२ झ ३५३२ रहेको छ । महेन्द्रको स्करपियो गाडी र टाटा कम्पनीको शुभ कार दुवैमा एउटै नम्बर देखिएका ती गाडीको नम्बर प्लेटको प्रकृति हेर्दा मन्त्रीले चढ्ने गाडी हुन सक्ने बुझिएको छ । ती दुई मोटरको एउटै नम्बर पाइनुले कुन नम्बर सहि र कुन नम्बर गलत भन्ने कुरा खुल्नु जरुरी छ ।


दुई मध्ये एउटा मोटरको नम्बर किर्ते रहेको कुरा स्पष्ट बुझिन्छ । सरकारी सवारीको नम्बर कसरी किर्ते लेखेर चलाइयो? त्यस प्रकरणमा कसको कमजोरी छ भन्ने बारेमा यथार्थता पहिल्याएर तत्काल सच्चाउनु त पर्छ नै कमजोरी गर्ने सवारी दर्ता कर्मचारी हुन या सवारी धनी सत्य तथ्य पहिल्याएर दोषी उपर कारवाही गर्नु जरुरी छ ।
सवारीको मुख्य परिचय नै त्यसमा राखिने दर्ता नम्बर नै हो। दर्ता नम्बरकै आधारमा सवारी जाँच, देखि ट्राफिक नियम उल्लंघन कारवाही गर्ने गरिन्छ। तर नम्बर राख्दा नै गडबडी गरिएपछि त्यसले कारवाहीमा समेत प्रभाव पार्ने गर्दछ । अहिले भेटिएका दुई वटा मोटरसाइकलको एउटै नम्बर पाइयो भने मन्त्रीले चढ्ने गाढी समेत एउटै नम्बर दुई वटा गाडीमा पाइएको छ । यो नमुना मात्र हुन सक्छ । यस्ता दोहोरो नम्बर अंकित गाडी, मोटरसाइकलहरुमा ट्राफिक प्रहरीले सुक्ष्म निगरानी राख्न जरुरी छ । पटक पटक भइरहने यस्ता घटना शुन्यमा झार्न कर्मचारी र सेवाग्राही दुवैलाई सचेतना दिनु र सचेतनापछि पनि लापरवाही गरेमा कारवाहीको दायरामा ल्याउन कञ्जुयाई गरियो भने सवारीमा हुने दोहोरो तेह्यो नम्बरका कारण विभिन्न समस्याहरु आइपर्ने अवस्था देखिन्छ । यस तर्फ सम्बन्धित निकायको गम्भिरतापूर्वक ध्यान जानु जरुरीछ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: