शिक्षण सिकाई र कार्यसम्पादन तर्फ प्रदेशमा सर्वोत्कृष्ठ बन्यो विन्ध्यवासिनी मा.वि.

सराङकोट न्यूज
16 July, 2022 6:48 pm
Advertisements

पोखरा 

गरे नहुने के होला? लक्षमा पुग्न दृढ भएको मन र पहराबाट झरेको झर्नालाई कसैले रोक्न सक्दैन भन्ने उद्गारलाई पोखरा–१६ मा रहेको विन्ध्यवासिनी मा.वि. ले सिद्ध गरेर देखाएको छ । हो देभभरका ५ हजार बढी सामुदायिक विद्यालयहरुमा गरिएको मूल्यांकनमा विन्ध्यवासिनी मा.वि. उत्कृष्ठ पाँचौं भित्र पर्न सफल भएको छ । गण्डकी प्रदेश भित्रका विद्यालयहरुमा सर्वोत्कृष्ठ बन्दै शिक्षण सिकाई र गुणस्तरीय शिक्षामा अब्बल विद्यालय घोषणा हुन पुगेको छ ।
नेपालका ७ वटै प्रदेशका सामुदायिक माविहरुमा शैक्षिक सत्र २०७३÷७४ देखि २०७८÷७९ सम्मको मूल्यांकनमा ५ प्रदेशका पाँच विद्यालय छनोटमा परेका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ५ वर्षे सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा ६२ जिल्ला सहभागी भएका थिए । केन्द्रकी शाखा अधिकृत शशी पोखरेलले बताइन् ।
शैक्षिक गुणस्तर केन्द्रले विभिन्न ७९ सूचक तय गरी सर्वेक्षण गरेको थियो ति मध्य उच्चस्तरीय कार्यसम्पादनका लागि ९० प्रतिशत भन्दा बढि अंक हासिल गरेका थिए जसमा देशभरबाट ५ वटा विद्यालय छनोट भएकोमा गण्डकी प्रदेशबा विन्ध्यवासिनी मा.वि. एक मात्र उच्च स्तरमा छानिएको थियो । गण्डकी प्रदेशका ८५ पालिकाबाट ५ सय ७० वटा विद्यालय सहभागी थिए ।

 

क्रमश उकालो यात्रामा

वि.सं. २००४ सालमा स्थापित विन्ध्यवासिनी मा.वि. ले शैक्षिक उन्नयनको यात्रामा लामो विरासत धानेको छ । देशकै पुरानो म

ध्यको सूचिमा पर्ने विन्ध्यवासिनी मा.वि. वाटुलचौरले ठूलो उतारचढाव पार गर्दै हीरक जयन्ती वर्ष सम्म आइपुगेको छ । पण्डित मुक्तिनाथ शर्मा तिमल्सिना लगायतको अग्रसरतामा स्थापित विन्ध्यवासनी मा.वि.ले जहानिय राणाशासन कालमा विजारोपण हुने अवसर पाएको थियो ।
शैक्षिक उन्नयनको यात्रामा सयौं शिक्षाप्रेमीहरुले रगत, पशिना वगाएर स्थापित गरेको विन्ध्यवासिनी मा.वि. ७५ वर्ष पार गर्दै गरेको अवस्थामा राष्ट्रिय अस्तित्वको अग्र पंक्तिमा उभिन काविल देखिएको छ । पछिल्ला ५ वर्षमा गरिएको सर्वेक्षण र मूल्यांकनको कशीमा प्राप्त उपलव्धी र नतिजाले पोखरेली शिक्षाप्रेमीहरुमा अपरा खुसी सञ्चार गराएको छ ।

पछिल्ला ६ वर्ष विन्ध्यवासिनी मा.वि. व्यवस्थापन समितिको एकाकार समर्पण र अहोरात्र खटाईका कारण विद्यालयले यो नतिजा हासिल गर्न सफल भएको २०७९ सालको एस.इ.इ.मा गण्डकी प्रदेशकै तेस्रो र कास्की जिल्लाको दोस्रो स्थान हासिल गर्न सफल भएको विद्यालय कोभिडका कारण देशभरकै शैक्षिक गुणस्तर विकासमा केहि वाधा परेपनि निरन्तर जारी प्रयासले सफलताको यात्रालाई निरास बन्न दिएन ।
कर्मशिल अनुभवी शिक्षक, चेतनशिल अभिभावक र लगनशिल विद्यार्थीका कारण विन्ध्यवासिनीले शिक्षण सिकाइ र गुणस्तरीय शिक्षामा सफलता पाउन सरेको वि.व्य.स. अध्यक्ष चन्द्रा थापाले बताइन् । व्यवस्थापन समितिको एकतापूर्ण सहभागिता र विद्यालय प्रशासनको कुशलताका मुख्य भूमिका रहेको अध्यक्ष थापाले बताइन् ।
विद्यालयका प्राचार्य कृष्ण प्रसाद आचार्य टिम परिचालन र कार्यगत जिम्मेवारी हस्तान्तरणबाट प्राप्त नतिजालाई अझ परिस्कृत गर्दै लैजाने बताउँछन् ।
सहायक प्र.अ. देखि विषयगत विभागिय जिम्मेवारी प्रदान गरिएका कारण अनुसाशन कायम गर्न देखि विद्यार्थीको सर्वपक्षीय मूल्यांकन हुन पुगेको प्राचार्य आचार्य बताउँछन् ।
गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार र वातावरणका रुपमा पनि विन्ध्यवासिनी सक्षम बन्न पुगेको छ । भूकम्पले थिलो थिलो परेको भवन कक्षा कोठालाई पूननिर्माण प्राधिकरणले ३२ कोठे पक्की भवन निर्माण गरिदिए पछि भौतिक पूर्वाधारको समस्या अन्य गराएको भन्दै निर्माण संयोजक समेत रहेका वि.व्य.सं. सदय नविन अधिकारी खुसी व्यक्त गर्छन् । घरको कामै छोडेर ३ वर्ष विद्यालयमा खटिएको उचित मूल्यांकन भएको उनले बताए । विव्यसका सदस्य तथा गुणस्तर विभाग सदस्य शंकर बस्नेतले अव राष्ट्रकै एक नम्वर बनाउन सवै मिलेर लाग्न पर्ने औल्याए । गरे नहुने के छ र सदस्य बस्नेतले खुसी व्यक्त गरे ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: