बागलुङ कालिकामा चढाइएको घण्टीको बेहाल, श्रद्धालुहरुले मन दुखाए

सराङकोट न्यूज
13 December, 2022 12:55 pm
Advertisements

बागलुङ

प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिर स्वदेशी तथा विदेशी श्रद्धालुहरुको आकर्षणको केन्द्र बनेको छ । कािलका भगवतीलाई उच्च श्रद्धा गर्दै देशका विभिन्न स्थानका भक्तजनहरुले आफ्ना स्वर्गवासी भएका सदस्यहरुका नाममा मन्दिर जाने बाटोका दायाँ बायाँ किनारमा पक्कि स्टेण्ड बनाएर मन्दिर झुण्डाइएको छ । श्रद्धालु भक्तजनहरुको लागि मन्दिर सम्म पुग्दा बजाइने घण्टी र ठूला घण्टहरु मध्य धेरै घण्टीहरु मन्दिरको पश्चिम तर्फको घर टहरो पछाडी वोरामा कोचेर थन्क्याएर राखिएको भेटिएको छ।

फोहोर मैला फाल्ने ठाउँमा घण्टीहरु वोरामा र यत्र तत्र मिल्काइएको अवस्थामा सराङकोट पत्रिकाले फेला पारेको थियो । पोखरा–८ सिमलचौरका रामचन्द्र अधिकारीले आफ्नो स्वर्गिय वुवा आमाको स्मृतिमा आठ वर्ष अगाडी राखेको घण्टी फेला नपरेको गुनासो गरेका थिए। अधिकारी लगायतका केहि भक्तजनहरुको घण्टी हराएको गुनासो आएपछि सराङकोट टिमले घण्टी खोजी गर्न कालिका मन्दिर पुगेको थियो ।
हामिले कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई भक्तजनहरुले आफ्ना पितृको स्मृतिमा मन्दिरमा चढाएका घण्टी कहाँ छ भन्ने जिज्ञाशा राख्र्यो । अध्यक्ष खड्काले मन्दिरको पश्चिम भवनको पछाडी होला हेर्नुहोस् भन्ने जवाफ दिए । चुडिएका, खसेका घण्टीहरु अव राखिन्न भन्ने प्रतिकृया दिएपछि हामी पश्चिम तर्फको भवन पछाडी पुग्यौं । त्यहाँ पुगेर हेर्दा घण्टीको वेहाल देखियो । कतिपय घण्टी नयाँ देखिन्थे भने कतिपय पुराना । देव्रेपट्टि फोहोरको डंगुर थियो भने दाहिने पट्टि घण्टीका डंगुर थिए । नयाँपुराना घण्टी वोरामा कोचिएका थिए भने कति पय घण्टीहरु भुइमा असरल्ल मिल्काइएका अवस्थामा थिए ।
मन्दिर व्यवस्थापन समितिले घण्टीहरुको व्यवस्थापन गर्न नसकेको भन्दै मन्दिर आएकाहरु रुष्ट देखिन्थे । उनिहरु आफूले श्रद्धापूर्वक चढाएको घण्टीहरु सुरक्षित र व्यवस्थित होस् भन्ने चाहान्छन् । पोखरा सिमलचौरका रामचन्द्र अधिकारी यसरी घण्टी मिल्किएको कुनै जानकारी नपाएकोमा गुनासो गर्छन् । घण्टी मिल्काइएको देखेपछि श्रद्धालु घण्टा दाताहरु आफ्नो दानलाई उपेक्षा गरेकोमा दुःख व्यक्त गर्दै यसको उपयुक्त व्यवस्थापन गर्न सुझावन दिन्छन्।
मन्दिरमा बजाउने घण्टी फोहोरको डंगुर जस्तै गरी घण्टी मिल्काउनुले धर्ममा उपेक्षा गरेको महसुस गराएको बताएका छन् ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: