विन्ध्यवासिनी मा.वि.का ३६ जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल जुनियर क्याडेट तालिम दिइयो

सराङकोट न्यूज
22 December, 2022 12:14 am
Advertisements
Advertisements

पोखरा

नेपाल सरकारको निति बमोजिम कक्षा ९ सम्म अध्ययनरत किशोर किशोरीहरुलाई राष्ट्रिय सेवा दल ९ल्ऋऋ० जुनियर क्याडेट तालिम प्रदान गरिएको छ । आ.व. २०७९÷८० को ४८ औं व्याचका लागि विन्ध्यवासिनी मा.वि. पोखरा १६ बाटुलेचौरका १८ छात्र र १८ छात्रा गरी ३६ जना विद्यार्थीले उक्त तालिममा सहभागी भई सफलता पूर्वक तालिम हासिल गरेका छन् ।


“स्वाभिमान एवं देशभक्त युवा जनशक्ति उत्पादन” गर्ने मूल उद्देश्यका साथ नेपाली सेनाद्धारा प्रदान गरिने जुनियर क्याडेट तालिम २०७९ श्रावण १ गते बाट सुरु भई पुष ४ गते सम्पन्न भएको थियो । तालिम विद्यालय भित्रै विहान वेलुका को अतिरिक्त समयमा प्रदान गरिएको थियो भने अन्तिम १५ दिन नवलपरासी स्थित व्यारेकको क्लोज क्याम्पमा राखी तालिम प्रदान गरी पोख्त बनाइएको थियो । तालिमका क्रममा दौड, भलिबल लगायत वभिन्न खेलमा प्रतिस्पर्धा गराइएकोमा विन्ध्यवासिनी मा.वि. विद्यार्थीले उत्कृष्ट स्थान हासिल गर्न सफल भएका थिए । सफल प्रतिभालाई मेडल सहित प्रमाण पत्र र विद्यालयलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
एनसिसि तालिम पाए पछि आफ्नो राष्ट्र र राष्ट्रियता प्रति बुझ्नुका साथै स्वाभिमान र अनुसाशनको महत्व वुझेको भन्दै सहभागी मध्यका एक विद्यार्थी देव खरालले खुसी व्यक्त गरेका छन् । विद्यालयमा अध्ययनरत भाइ बहिनीहरुलाई आफूले सिकेका कुरा र राष्ट्रिय सेवा दल ९ल्ऋऋ० का बारेमा बुझाउने देवले बताए ।
भविष्यका कर्णधार विद्यार्थीहरुलाई सरकारले राष्ट्रिय सेवादलको तालिम दिलाएर देशप्रेमी अनुशासित नागरिक उत्पादनमा टेवा प्रदान गरेकोमा विन्ध्यवासिनी मा.वि. का प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले नेपाल सरकारलाई धन्यवाद दिएका छन् । यस्ता तालिम वर्षेनी गराउन सके वद्यालयमा अध्ययनरत किशोर समूहका विद्यार्थीहरु असल मार्गमा लाग्न थप बल पुग्ने प्रधानाध्यापक आचार्यले आशा व्यक्त गरेका छन्।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: