कावासोती नगरपालिकाका जनप्रतिनिधिकोे तलव भत्तामा मात्र २ करोड खर्च

यदुनाथ बन्जारा
27 January, 2023 9:21 am

पोखरा

सर्वोच्च अदालतले गण्डकी प्रदेशका स्थानिय तहका जनप्रतिनिधिहरुले खाइपाई आएको तलवलाई अवैध भन्दै खारेज ग¥यो । गण्डकी प्रदेश लगायत अन्य प्रदेश हरुले खाइपाई आएको तलव पनि अवैध ठहरियो । कानुनतः प्रदेश ले ऐन कानुन नबनाई स्थानिय तहले तलव खान नमिल्ने सर्वोच्च अदालतले ठहर ग¥यो अदालतको फैसला पछि पालिकाका जनप्रतिनिधिहरु सुविधाबाट वञ्चित हुन पुगे । उनिहरुको ओठ तालु सुक्यो ।
प्रदेश सरकारले स्थानिय तहका जनप्रतिनिधिहरुको पेट भर्ने गरी हतार हतार कानुन ल्यायो । नयाँ कानुनमा रकमको अंक घटेन केवल शिर्षकहरु फेरियो । विभिन्न ७ प्रकारका शिर्षक राखेर पािलका प्रमुख देखि वडा सदस्य सम्मको मासिक तलव तोकियो । जनताको सेवा गर्न आएकाहरु महिनावारी रकम लिन मोहित देखिए । नेपालका ७५३ पालिका मध्य केहि न्यून जनप्रतिनिधिहरुले मात्र सरकारी तलव, भत्ता सुविधा केहि लिन्न भने । वाँकीले कर्मचारी झै तलव लिन तम्सिए । पालिका प्रमुख, उप प्रमुख, वडा अध्यक्षले कार्यकारी भूमिकामा फुल टाइम काम गर्नु पर्ने हुन्छ उनिहरुका लागि जिविकोपार्जनका लागि तलव भत्ता लिनुलाई अन्यथा मान्न सकिदैन तर हप्तामा १–२ पटक वडामा आए हुने वडा सदस्यहरुले धमाधम महिनावारी रकम वुझ्नुलाई आम नागरिकले राम्रो मानेको पाइदैन ।
कुन पालिकाले कति रकम जनप्रतिनिधिलाई खर्च गर्छ भन्ने बारेमा हामीले सम्बन्धित पालिका सँग लिखित सूचना माग गरेका छौं त्यसलाई क्रमश सार्वजनिक गर्दै जाने क्रममा यस पटक नवलपुर (सुस्ता पूर्व) को कावासोती नगर पालिकाको विवरण प्रस्तुत गर्दै छौं ।
सूचना माग कर्ताले दुई पटक सम्म सूचना माग गर्दापनि सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरे पश्चात आयोगको आदेश बमोजिम ढिलो गरी लिखित सूचना कावासोती नगरपालिका कार्यालयले दिएको छ ।
कावासोती न.पा.मा १७ वटा वडा रहेका छन् । विष्णु प्रसाद भुषाल नगर प्रमुख र फुलकुमारी थनेत उपप्रमुख रहेको उक्त न.पा.मा ८८ जना जनप्रतिनिधिले मासिक सुविधा लिने गरेका छन् यसरी लिने सुविधामा १. यातायात सुविधा २. पत्रपत्रिका इन्टरनेट (३) टेलिफोन तथा मोवाइल रिचार्ज (४) अतिथि सत्कार (५) अनुगमन सुविधा (६) समन्वय सहजिकरण सुविधाका शिर्षक तोकिएका छन् ।
ति मध्य नगर प्रमुखले मासिक ४० हजार ५ सय, उपप्रमुखले ३५ हजार, वडा अध्यक्षले २६ हजार कार्यपालिका सदस्यले २२ हजार, लिने गरेका छन् । यस्तै वडा सदस्य प्रत्येकले १३ हजार ५ सय रुपैयाँ मासिक सुविधा वुझ्ने गरेका छन् । यसरी कावासोती नगरपालिका का जनप्रतिनिधिले मात्र मासिक १५ लाख ८ हजार ५ सय रुपैयाँ राज्यकोषबाट खर्च लिने गरेका छन् पर्व सुविधा सहित वार्षिक १ करोड ९६ लाख १० हजार पाँच सय हुन आउँछ । एउटा पालिकाले मात्र वार्षिक झण्डै २ करोड खर्च गरेर जनप्रतिनिधि लाई पाल्नु पर्ने अवस्थाले स्थानिय तहलाई महंगो बनाएको छ भने अर्को तर्फ चुनाव जिते पछि तलव आइरहने ५ वर्षे जागिर जस्तै भए पछि नेपालको स्थानिय, प्रदेश र संघिय चुनाव खर्चिलो बन्न पुगेको छ ।

Advertisements

यो नगद तलव त भयो देखिने सुविधा ?

यस बाहेक विभिन्न साधन, इन्धन, बैठक, तालिमका कुरा खुल्न बाँकी नै छ ।
यस्तै कावासोती न.पा. भित्र २ पांग्रे र चार पांग्रे गरी २८ वटा सवारी साधन रहेका छन् । प्रमुख र उपप्रमुखलाई स्करपियो , २ थान, टाटा कार १ थान ट्रिपर, ब्याको लोडर र दमकल समेत ३ थान र २१ वटा स्कुटर र मोटरसाइकल रहेका छन् । हामीलाई प्राप्त सूचना विवरण अनुसार नगरका कुनै पनि वडा अध्यक्षलाई सवारी साधन दिइएको छैन कर्मचारीहरुलाई दिइएको सवारी साधनको इन्धन खर्च व्यक्तिगत हुन्छ या कार्यालयले दिन्छ त्यो भने खुलाइएको छैन ।
कावासोती न.पा.मा वेरुजुको अरु पनि बढेको छ । आ.व. २०७७÷७८ सम्म २ करोड ३९ लाख ४९ हजार वेरुजु वाँकी रहेको देखाइएको छ ।
(अर्को अंकमा अर्को पालिकाको पास्र्वचित्र पस्कने छौं । )

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: