आँबुखैरेनी गाउँपालिकाको वेरुजु १० करोड बढी, जनप्रतिनिधि पाल्न वार्षिक ७० लाख

सराङकोट न्यूज
15 February, 2023 11:48 am
Advertisements

पोखरा

चुनाव किन महंगो भयो? उम्मेद्वारले चुनाव लड्न करोडौं किन खर्च गर्छन् ? के चुनाव लड्नेहरु जितेर गएपछि जनसेवा नै गर्न गएका हुन्छन् त ? ५ वर्षसम्म जनसेवा गर्न गएको दावी गर्नेहरु जनताले तिरेको करबाट जम्मा हुने ढुकुटीमा किन ¥याल चुहाउँछन् त ? हरेक योजनामा कमिशनको चक्करमा किन फस्दै गएका हुन् त ?
हो राजनीति जागिर होइन सेवा हुनुपर्छ, व्यापार हैन समाजसेवा हुनुपर्छ । तर नेपालका तीनै तहको सरकार तलव भत्ता सेवा सुविधामा निर्लिप्त भएको देखिन्छ । योजना विकास निर्माण कार्यमा मिलेमतो गरी गुणस्तरहिन कार्य हुने गरेका छन् । त्यतिले मात्र नभएर दोहोरो तेहोरो सुविधाको चास्नीमा डुवेको पाइन्छ ।
सराङकोट साप्ताहिकले हरेक अंकमा एउटा पालिकाको गतिविधि प्रकाशन गर्दै आएको छ । वडाले गर्ने विकास निर्माण, जनप्रतिनिधिले लिने खाने सुविधाको वारेमा तथ्यांक सहितको विवरण प्रकाशन गर्दै आएका छौं । सूचनाको हकलाई प्रयोग गरेर लिखित सूचना माग गरी समाचार बनाउँदै आएका छौं । सत्य, तथ्य र निस्पक्ष बनाउन सूचनाको हक लाई गतिलो आधार बनाएका छौं । गत हप्ता देवघाट गाउँ पालिका र त्यस अघि कावासोती नगरपालिकाको समाचार बनायौं यस पटक ः

आँबुखैरेनी गाउँपालिका, तनहुँ

तनहुँको दक्षिण तर्फ रहेको आँबुखैरेनी गाउँपालिकाको स्थापना २०७३÷११÷२७ गते भएको थियो । १२८ वर्ग किमी क्षेत्रफल रहेको त्यस पालिकामा ६ वटा वडा रहेको छ । साविकका आँबुखैरेनी, छिम्केश्वरी र देउराली गा.वि.स. जोडेर आँबुखैरेनी गाउँपालिका वनाइएको छ । गाउँपालिकाकाको सदरमुकाम आँबुखैरेनी बजारमा रहेको छ ।
२०७९ वैशाखमा सम्पन्न स्थानिय तहको दोस्रो निर्वाचनमा माओवादी उम्मेद्वार शुक्र चुमान गाउँपालिका अध्यक्ष चुनिएका छन् भने उपाध्यक्षमा नेकाकी दुर्गा अर्याल निर्वाचित भएकिछिन् । पालिकाको सूचना अधिकारी नारायण प्रसाद ढकाल र प्रमुख प्रशासकिय अधिकृतमा विष्णुप्रसाद शर्मा रहेका छन् भने प्रवक्तामा १ नम्वर वडा अध्यक्ष प्रेम बहादुर गुरुङ तोकिएका छन् ।

सवारी साधन विवरण

यस पालिकामा २ वटा स्करपियो जिप रहेको छ । अध्यक्ष शुक्र चुमानलाई ग १ झ ३६१ नम्वरको १ अर्को ग १ झ २८१ नम्वरको स्कर्पियो पिकअप प्रमुख प्रशासकिय अधिकृतले प्रयोग गर्ने गरेका छन् । फोहोरमैला टिपर १, एम्वुलेन्स १ र व्याकुलोडर १ रहेको छ । ६ वटा वडा अध्यक्ष मध्य वडा नं. १ र ५ का वडा अध्यक्षलाई १–१ वटा मोटरसाइकल दिइएको छ । १६ वटा २ पा·े साधन मध्य १४ वटा कर्मचारीले प्रयोग गरेका छन् ।

जनप्रतिनिधिको आर्थिक सुविधा

पालिका अध्यक्ष शुक्र चुमानले मासिक ३६ हजार बुझ्ने गरेका छन् । गाडी भएको कारण इन्धन र यातायात खर्च लिएको देखिदैन । उपाध्यक्ष दुर्गा अर्यालले मासिक ४३ हजार रुपैयाँ पाउँछिन् । यस्तै वडा अध्यक्षले मासिक २३ हजार, कार्यपालिका सदस्यले १९ हजार पाँच सय र वडा सदस्यले १२ हजार रुपैयाँ मासिक बुझ्ने गरेको पालिकाले पठाएको सूचना विवरणमा उल्लेख गरिएको छ । उक्त पालिकामा ३४ जनाले मासिक सुविधा भत्ता बुझ्छन् महिनामा ५ लाख ४५ हजार ५ सय रुपैयाँ खर्च हुन्छ । पर्व खर्च सहित गर्दा जनप्रतिनिधिको वार्षिक खर्च करिव ७० लाख हुने गरेको छ।

वेरुजु हिसाव

आवुंखैरेनी पालिकाको गत आव सम्मको वेरुजु १० करोड ६० लाख रहेको छ । एउटा गाउँपालिकामा भएको वेरुजुको यो अंकलाई सामान्य मान्न नसकिने अर्थका जानकार हरु बताउँछन् । समयमानुकुल चुस्त प्रशासन, र पारदर्शी योजना कार्यान्वयनमा जनप्रतिनिधिको ध्यान जान जरुरी देखिन्छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: