सरकारी सम्पत्ती अलपत्र

सराङकोट न्यूज
29 March, 2023 8:59 am
Advertisements

पोखरा

ततेर्न नसकेपछि सरकारी सम्पती यत्रतत्र मिल्काएर फालिएका दृश्य नेपालका लागि सामान्य कुरा हो । सरकारी बजेटबाट खरिद गरिएका सवारी साधनहरु मात्र हैनन् सरकारी जग्गा र भवनहरु समेत गाई बाख्राका खोर बन्ने गरेका छन् । भएका सम्पतीहरु प्रयोग गरिदैन बरु मन मिलेका धनी संस्थालाई उपहार दिइन्छ कि त सडाएर राखिन्छ ।
यस्तै एउटा कार्यालय शिक्षा विकास तथा समन्वय ईकाइ कास्की पनि हो । उक्त कार्यालयमा रहेका दुइवटा चालु हालतका गाडी भित्रीए तर ति गाडी मर्मत सम्भार गरि प्रयोगमा ल्याउने कुनै काम हुन सकेन बरु एउटा बोर्डिङलाई उपहार दिइयो। बा १ झ ८६१५ नम्बरको निशान जिप गण्डकी बोर्डिङलाई दान दिइयो । गण्डकी बोर्डिङ विद्यार्थीसंग मह·ो शुल्क उठाउने स्कुल हो तीन वटा लाइट गाडी छँदाछँदै सेटिङ मिलाएर शिक्षा कार्यालयको गाडी गण्डकी बोर्डिङलाई उपहार दिइयो । बोर्डिङले विद्यार्थीसंग उठाउने मह·ो शुल्क बाट करिव ७ लाख रुपैया खर्च देखाएर मर्मत ग¥यो। यस्तै शिक्षा कार्यालयमा रहेको अर्को गाडी बा. १ झ. ६६३७ नम्बरको महिन्द्राको मार्सल ब्राण्डको जीप अहिले कार्यालय पछाडी मिल्काइएको छ । चालु हालतमा रहेको उक्त जिप सिएलडिपिले शिक्षालाई दिएको थियो । दिएको केही दिनपछि गाडी विग्रियो तर मर्मत तर्फ कुनै ध्यान दिइएन । गाडी टहरो मुनी थला परेको छ । टायर बसेको छ बडि खियाले खाइरहेको छ। तर सरकारी कर्मचारीलाई कुनै मत्लव रहेको देखिदैन । बलियो मानिने मार्सल महेन्द्रा जिप अव कवाडीमा विक्न पनि गाह्रो छ । राज्यकोषबाट खर्च गरि किनिएका जिप मर्मत गर्न ध्यान नदिने कार्यालयले बेलैमा लिलामी गरेको भए राम्रै मूल्य राज्यकोषमा आउन सक्थ्यो तर राष्ट्र हितमा कहिल्यै सोचिएन ।
तर विडम्बना शिक्षा विकास तथा समन्वय ईकाइ कास्कीले ३ लाख ३४५२ रुपैया सवारी मर्मतमा खर्च भएको सूचना विवरण हामीलाई दिएको छ । त्यो पैसा विद्यार्थीहरुको परीक्षा आवेदन, रजिष्टेशन शुल्क र शिक्षकहरुको नियुक्ति बापत लिइएको कमिशनको रकम हो । जुन रकम अधिकांस जिल्लाहरुमा उठाइदैन तर कास्कीमा २०७५ साल चैत्र २८ गतेबाट उठाउन थालिएको पुष्टि भएको छ ।

शिक्षा कार्यालय कि गौचरण ?

शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय कास्कीले कार्यालय सरसफाईका लागि १० हजार बजेट छुट्याएको छ सुरक्षा गार्ड नियुक्त गरेको छ । तर कार्यालय भित्र न सुरक्षा छ न सरसफाई नै छ । कार्यालको ठीक पछाडी गौचरण बनाएको छ । मल पराल असरल्ल मिल्काइएको छ । १० हजार प्रति महिना तलव दिएको सफा गर्न कि फोहोर गर्न बुझ्नै कठिन पर्छ त्यहाँ पुगेपछि ।
कार्यालय कार्यालय जस्तो सफा सुग्घर हुनुपर्छ । सरकारी कोषको रकम खर्च गरेपछि परिणामा पनि देखिनुपर्छ तर विजोग छ सरकारी कार्यालयको दृश्य रकम उठाउन जान्नेले रकमको सदुपयोग गरेर काम गर्न नसक्नुलाई विडम्बना मानिएको छ शिक्षा कार्यालय जसले जिल्ला भरका सेवाग्राहीलाई नमुना कार्य गरि नैतिकताको पाठ सिकाउनु पर्नेमा जथाभावी पैसा उठाउने खर्च गर्ने तर परिणाम भन्ने शून्य हुने परिदृश्य आम नागरिकले कहिलेसम्म हेर्नु पर्ने हो ?
गाडी कुहाएर राख्ने मर्मत नगर्ने तर मर्मत खर्च भने टन्नै देखाउने बारेमा किन हुदैन छानविन ? कार्यालय परिसरलाई गौ चरण बनाउन कसले दियो अनुमति ? के शिक्षा कार्यालय व्यक्तिगत घर गोठ हो ? हैन भने कहिले र कसले गर्छ नियमन ?

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: