सरकारी शिक्षकको व्यस्तता ! सहकारीमा कोषाध्यक्ष, विद्युतमा सचिव !!

सराङकोट न्यूज
30 March, 2023 9:05 am
Advertisements

पोखरा

कुश्मा नगर पालिका वडा नं. १३ खौला लाकुरी मा.वि. कि प्रधानाध्यापक मिना भण्डारीलाई स्कूल बाहेकको काममा भ्याइ नभ्याई छ । प्रा.वि. दरवन्दीकी शिक्षक मा.वि. मा प्रधानाध्यापक बनेर पनि भण्डारीलाई आर्थिक कारोवार हुने अरु संस्था र समितिका पदाधिकारी बन्ने रहर अझै पुगेको छैन ।
खौला लाकुरी मा.वि. को ३० लाख भन्दा बढि रकम बैंक वित्तिय संस्थामा नराखी आफै चलाउने र व्यक्तिगत व्याजमा लगाउने मिना भण्डारी खौंला लाकुरी सामुदायिक विद्युतिकरण उपभोक्ता समितिको सचिव पदमा कार्यरत छिन् । उक्त संस्थाले पनि सार्वजनिक कोषको २० लाख भन्दा बढि रकम व्यक्तिगत व्याजमा लगाएको छ । उक्त संस्थाको नेतृत्व तेज बहादुर कार्कीले गरेका छन् । सरकारी शिक्षकलाई कानून विपरित किन समितिमा राखिएको भन्ने प्रश्नमा अध्यक्ष कार्कीले चित्त बुझ्दो जवाफ दिन सकेनन् । यस्तै उनै शिक्षक भण्डारी खौंला लाकुरीमा रहेको भूमेकोत सहकारी संस्थाको कोषाध्यक्ष पदमा कार्यरत छिन् । आर्थिक कारोवार हुने संस्थाको भाइटल पोस्टमा बस्दै आएकि सरकारी विद्यालयकी प्र.अ. मिना भण्डारी शिक्षक जस्तो बौदिक पेशामा रहेको व्यक्तिले कानून विपरित गई विभिन्न संस्थामा बस्नुलाई विडम्बना मानिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जारी गरेको ६१ बुदें निर्देशनमा समेत सरकारी शिक्षक, कर्मचारी, सेना प्रहरी आर्थिक कारोवार हुने कुनै संस्था वा समितिको जिम्मेवारीमा बस्न नमिल्ने निर्देशन जारी गरेको छ तर प्रअ भण्डारीले निर्देशनलाई ठाडो अवज्ञा गर्दै विद्युत र सहकारीमा सचिव र कोषाध्यक्षमा कार्यरत छिन् ।
स्मरणीय छ उक्त विद्यालयको रकम नियमानुसार व्यवस्थापन नगरेको विषयमा अख्यितारले छानविन थालेको छ भने सूचना नदिए कारण राष्ट्रिय सूचना आयोगले कारण देखाउ आदेश जारी गरेको छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: