बृद्धाश्रम सहयोग समिती द्धारा १ लाख सहयोग

सराङकोट न्यूज
20 April, 2023 9:02 am
Advertisements

सुर्खेत: बृद्धाश्रम सहयोग समितीले कणार्ली प्रदेशको सुर्खेतमा रहेको प्रशान्ती बृद्धाश्रममा एक लाख अक्षयकोष स्थापना गरी सहयोग गरेको छ ।ज्येष्ठ नागरीक हरुमा रहेको ज्ञान सिप क्षमता युवा पुस्तामा पुर्याउने उदेस्यले शुरु भएको बृद्धाश्रम सहयोग समिती र प्रशान्ती बृद्धाश्रम विच सहयोगको वातावरण वनी दुवै समिती विच समन्वय भएको छ ।

ज्येष्ठ नागरीक महासंघका केन्द्रिय सदस्य समेत रहेका प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो बृद्धाश्रमलाइ अव प्रदेशकै अग्रणी संस्थाको रुपमा विकाश गरीने सोच रहेको हुँदा सहयोगी हात हरुको आवस्यकता रहेको कुरा बताउनुभएको छ । हरेक महिना कुनै न कुनै आश्रममा सहयोग गर्ने निती रहेको बृद्धाश्रम सहयोग समितीले यो महिना कणार्लीको प्रशान्ती बृद्धाश्रम मा एक लाख अक्षयकोष स्थापना गरेको हो ।

५० जनाको क्षमता रहेको बृद्धाश्रममा हाल पानीको फिल्टर र सोलार आवस्यक रहेको जानकारी गराउदै सहयोग गर्न इच्छुकले ९८५८०६५८८८ मा सम्पर्क गर्न सक्ने जानकारी गराउनुभयो ।बृद्धाश्रम सहयोग समिती अध्यक्ष सम्झना पौडेलले हरेक प्रदेशका आश्रममा हरुमा कम्तीमा पनी एक एक लाखको अक्षयकोष स्थापना गर्ने उदेस्य अनुरुप यस आश्रममा सहयोग गरेको बताउनुभयो । वडा अध्यक्ष र पालिकाले दिएको सहयोग वाट रकम जुटीरहेको उनले बताय ।आगामी दिनमा समेत यस आश्रमको उन्नति प्रगतिमा निरन्तर सहयोग गरिरहने अध्यक्ष पौडेलले बताउनुभयो कर्णालीकै उत्कृष्ट आश्रम बनाउन आफुहरु लागिपरेको र साथ् सहयोग गरिदिनुहुन सबैमा अध्यक्षको अनुरोध गरेकाछन ।

सहयोग कार्यक्रमको अध्यक्षता बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि सम्झना पौडेल रहनुभएको थियो घर घरबाट ज्येस्ठ नागरिक सडकमा र सडक बाट वृद्धाश्रम आउने बातावरण अन्त्य गर्न हरेक वडामा समिति बनाउने र ज्येस्ठ नागरिकलाई घरमै राख्ने बातावरण मा बिशेस लागिपर्ने अध्यक्ष सम्झनाले बताउनुभयो ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: