कास्की प्रहरीद्धारा चोरीको आरोपमा ४ जना युवाहरु पक्राउ

सराङकोट न्यूज
1 May, 2023 9:02 pm
Advertisements

कास्की प्रहरीले चोरीको आरोपमा ४ जना युवाहरुलाई प्रकाउ गरेका छ । पोखरा–१६ दिपमा शंकास्पद अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले ती ४ युवाहरुसहित चोरीका सामानहरु प्रकाउ गरेको हो ।प्रकाउ पर्नेमा धादिङ स्थायी घर भई पोखरा महानगर ९ पृथ्वीचोक बस्ने २९ वर्षीय राजकुमार परियार, पोखरा १३ वस्ने २४ वर्षीय विनोद परियार, गोरखा स्थायी भई पोखरा १३ बस्ने ३१ वर्षीय राजकुमार नेपाली र २५ वर्षीय अर्जुन नेपालीलाई चोरीको आरोपमा प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ल्याटप्प, किबोर्ड, माउस, चार्जर १÷१ थान, विभिन्न ब्राण्डका मादकपदार्थ ११ थान, रेडबुल १५ थान, चुरोट ७ बट्टा, मोबाईल थान, फलामको छड १ थान र हिरो होण्डा कम्पनीको ग ५ प २७३५ नम्बरको स्पेलन्डर मोटरसाइकल बरामद गरेको छ ।

उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: