फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल महानगरले भत्कायो

सराङकोट न्यूज
3 May, 2023 9:47 am
Advertisements

पछिल्लो समय पोखरा महानरपालिका अतिक्रमणको चपेटामा परेकोछ । समाजसेवी अग्रज ब्याक्तित्व भनिनेहरुबाट सडक मापडण्ड , खोला नदि चौतारीको मापदण्ड अतिक्रमण  गरिरहेका छन । ठुलाबडाले गरेकोअतिक्रमण विरुद्ध उल्लेखनीय कारबाही  नभएपनी फिर्क खोला छेउमा निर्मित  सरचना हटाइएको छ । एसै क्रममा पोखरा महानगरपालिका वडा नम्बर १८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको छ । फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल मङ्गलवार नगर प्रहरीले हटाएको हो ।

फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब १५० मिटर लामो रिटेनिङ वाल नगर प्रहरीले भत्काएको हो । खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दा समेत अटेर गरी विना अनुमति निर्माण गरेको पाइएपछि भत्काउन परेको नगर प्रहरीका प्रमुख पुरुषोत्तम थापाले बताउछन ।मापदण्ड विपरीत निर्माण भइरहेको सूचना पाए लगत्तै अनुगमनमा पुगेको नगर प्रहरीले निर्माणमा संलग्न व्यवसायी र जग्गाधनीलाई तत्काल निर्माण कार्य रोक्न अनुरोध गरेको थियो । तर, पटक पटकको आग्रहलाई अटेर गरेपछि डोजर नै प्रयोग गरि भत्काइएको थापाले बताए ।फिर्के खोला मिचेर त्यसको मापदण्डलाई समेत ख्याल नगरी निर्माण गरिएका सबै संरचनाहरू क्रमशः हटाउँदै जाने तयारीमा महानगरपालिका रहेको प्रमुख धनराज आचार्यले बताउनुभयो । फिर्के खोलाको संरक्षणका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै उहाँले मापदण्ड विपरीतका कुनै पनि संरचनाहरू निर्माण नगर्न समेत आग्रह गरे ।महानगरपालिका फिर्के खोलाको मापदण्ड पुनरावलोकन गरी नयाँ प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा रहेको प्रमुख आचार्यले बताउनुभयो । मापदण्ड वितरित निर्माण गरिएका संरचनाहरू भए आफैले हटाई खोलाको स्वतन्त्र बहावलाई अवरोध नगर्न अनुरोध समेत गरे।

फिर्के खोलाको संरक्षण र सौन्दर्यीकरणका लागि पुनरावलोकन प्रतिवेदन सार्वजनिक भएपछि नयाँ ढङ्गले अगाडी बढ्ने योजनामा महानगरपालिका रहेको छ । कुनै दबाब र प्रभावमा नपरी कानुनको कार्यान्वयनमा लाग्नु अबको आवश्यकता रहेको छ ।

 

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: