गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत, पक्षमा ३५ मत

सराङकोट न्यूज
4 May, 2023 8:52 pm
Advertisements

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभामा आज उनलाई ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा ३५ जना सांसदले सर्मथन गरेका छन् ।

उनको विपक्षीमा २२ मत खस्यो। बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यकता पर्दछ। पाण्डेलाई नेपाली काग्रेस, माओवादी र एकिकृत समाजबादीको समर्थन रहेको छ भने एमाले विपक्षीमा रहेको छ । त्यसै गरी राप्रपाले तटस्थ बसेको छ ।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए । उनले बैशाख १५ गते शपथ लिए र २ जना बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।पाण्डेले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा विश्वासको मत लिएका हुन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको प्रदेश सरकार परिवर्तन भएको थियो । संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशका सरोकारहरुलाई सबै सगँ मिलेर अगाडी बढ्ने बताए ।

त्यसै गरी संसदमा नेकपा एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारी, एमालेका सांसद महेन्द्रध्वज जिसी, नेकपा माओवादीका हरिबहादुर चुमान र राप्रपाका पन्चराम गुरुङले प्रदेशको विकास गर्न एक हुनु पर्ने बताए ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: