कास्किका कार्यालय प्रमुखहरूलाई सूचनाको हक सम्बन्धि एक दिने अभिमुखिकरण सम्पन्न

सराङकोट न्यूज
21 May, 2023 7:35 am
Advertisements

सुचनाको हक सम्बन्धि ऐन कार्यान्वयनमा कास्की जिल्ला प्रसाशनले सक्रियता देखाएको छ । कास्की जिल्लामा रहेका सार्बजनिक निकायहरुलाइ ऐन बमोजिम सुचना अधिकारी तोक्न , मासिक आय ब्यय सार्बजनिक गर्न र हरेक ३/३ महिनामा स्वत प्रकाशन गर्न गत बैशाख ३० गते कास्की जिल्ला अन्तर्गत रहेका ऐनको दफा २ को परिभाषा  खण्ड भित्र परेका सबै सार्बजनिक  निकायहरूलाई परिपत्र   जारी गरि निर्देशन दिइएको थियो ।सुचनाको हकका लागि जिल्ला सन्जाल कास्किको अनुरोधमा  कास्की प्रशासनको परिपत्र पस्चात सरकारी र गैरसरकारी तहका सार्बजनिक निकायहरुले ऐन कार्यान्वयनमा सक्रियता देखाएको पाइएको सुचनाको हक जिल्ला अनुगमन समितिका सदस्य  सचिब हुलाक निर्देशक किर्तनराज पौडेलले बताए ।

सुचनाको हक सम्बन्धि ऐन कार्यान्वयनका लागि थप सकृयता प्रदान गर्न कास्की प्रशासनले कास्की जिल्लाका कार्यालय प्रमुखहरूलाई एक दिने अभिमुखिकरण कार्यक्रम  गरिएको  थियो । जेठ ५ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रममा  कास्किका ४७ जना कार्यालय प्रमुखहरूको उपस्थिति  रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा  अनुगमन समितिका सदस्य सचिब हुलाक निर्देशक किर्तनराज पौडेलले कार्यपत्र  प्रस्तुत  गरेका थिए  । प्रस्तुत कार्यपत्रमा सरकारी तथा सार्बजनिक  निकायहरुले सूचनाको हक कार्यान्वयनमा निर्बाह गर्नुपर्ने भुमिका र दायित्वको बारेमा प्रस्ट्याइएको थियो ।  अभिमुखिकरण कार्यक्रममा सुचनाको हकका लागि जिल्ला सन्जाल कास्किका अध्यक्ष  यदुनाथ बन्जाराले सुशासन र पार्दर्शिताको लागि जारी कानुनको प्रभावकारी कार्यान्वयनका लागि स्वयम्सेवी सूचना अभियनताहरुले सहकार्य गर्दै आएको बताए । कानुन कार्यान्वयनमा  कतिपय सार्बजनिक  निकायहरुले बेवास्ता  गरिदिदा अभियन्ताले राष्ट्रिय सुचना आयोगमा पुनराबेदन गर्न बाध्य हुनुपरेको बताएका थिए ।  सार्बजनिक निकायले  सुचना दिन नखोज्नु र सुचना मागकर्ताले प्राप्त सुचनाको दुरुपयोग  गर्नु दुबै दण्डनीय कार्य रहेकोले दुबै पक्ष जिम्मेवार  रहनुपर्ने बताउदै  कास्की जिल्लालाई  देशकै उत्कृष्ट  सुचनाको हक मैत्री जिल्ला बनाउन अभियनता र सार्बजनिक निकायको ऐक्यबद्धताको आवश्यकता रहेको  सन्जालका अध्यक्ष  बन्जाराले बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी  टेक बहादुर केसिको अध्यक्षतामा आयोजित कार्यक्रमको सन्चालन सूचना  अधिकारी  समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गरेका थिए । सुचना अधिकारी ढकालले कास्कीका सुचना अधिकारीहरुको नियमित बैठक राखी कानुन कार्यान्वयनमा सक्रियता दिदै आएका छन ।  कार्याक्रममा सहभागीहरुले उठाएका जिज्ञासा र समस्याको जवाफ हुलाक निर्देशक किर्तनराज पौडेल र सुचना अधिकारी गुरुदत्त ढकालले दिएका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: