२२ वर्षे पत्रकारितालाई बिटमार्दै पोखराका पत्रकार उत्तम पौडेल स्वतन्त्र पार्टीमा प्रवेश

सराङकोट न्यूज
31 May, 2023 10:13 pm
Advertisements

पोखरा । २२ वर्षदेखि पोखरामा रहेर सक्रिय पत्रकारिता गरेका पत्रकार उत्तम पौडेल राजनीतिमा होमिएका छन् । पौडेलले २२ वर्षअघि माछापुच्छ्रे एफएमबाट सुरु गरेको सक्रिय पत्रकारिता, न्युज २४ फोर हुँदै ग्यालेक्सी फोकेमा आएर टुँग्याएको घोषणा गरेका छन् । पौडेल पछिल्लो समय ग्यालेक्सी फोके टेलिभिजनको गण्डकी व्यूरो प्रमूख थिए ।

लामिछानेको हातबाट रास्वपाको सदस्यता समेत लिइसकेका छन् । पौडेलले सक्रिय पत्रकारिता छाडेर राजनीतिमा होमिएसँगै पोखराको पत्रकारिता र राजनीति क्षेत्र तरंगीत भएको छ । नयाँ राजनीतिक बसह सुरु गरेको छ ।

पत्रकार महासंघकी जिल्ला अध्यक्ष विमला भण्डारीले सामाजिक सञ्जालमार्फत समाचारको मूख्य स्रोत र पर्यावाची भनेर चिनिने पौडेल सक्रिय पत्रकारिताबाट बाहिरिँदा दुःख लागेपनि जिल्लाले एउटा उज्वल युवा राजनीतिज्ञ पाउन लागेको प्रति खूशी व्यक्त गर्दै सफल राजनीतिक भविश्यको कामना गरेकी छन् ।

समाज रुपान्तणका लागि पहिला आफुँ रुपान्तरित हुन जरुरी रहेको भन्दै पौडेलले भनेका छन्, “इमान्दारिता मेरो धर्म हो, पेशा हो, राजनीति हो, यहि तीन वटा कुरालाई शिरोधार्य गर्दै आगामी दिनमा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्दछु, आउनुहोस रुपान्तरणको यो अभियानमा सॅगै हातेमालो गरौ।”

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: