सुचनाको हकका लागि जिल्ला सन्जाल कास्किको पदस्थापन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

सराङकोट न्यूज
16 June, 2023 10:27 pm
Advertisements
– पारिजात खराल
सुचनाको हक अभियनताहरुको सस्था सुचनाको हकका लागि जिल्ला सन्जाल कास्कि कार्यसमिति बाट निर्बाचित पदाधिकारी तथा सदस्यहरूको एक औपचारिक  कार्यक्रमका बिच  पदस्थापन गरिएकोछ । कास्किका प्रमुख जिल्ला अधिकारी  बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्किका सुचना अधिकारी प्र ना उ श्रवण कुमार बिस्वकर्मा र सुचनाको हक राष्ट्रिय  महासङ्का गन्डकी प्रदेश अध्यक्ष ओम प्रकाश शर्माले सयुक्त रुपमा अबिर माला र प्रमाणपत्र दिई निर्बाचित हरुलाइ पदास्थापन गरिएको थियो ।
  प्रमुख अतिथिको मन्तब्य दिदै कास्किका प्रजिअ बासुदेब घिमिरेले सुचना सन्जाल कास्किले चलाएको अभियानले सार्बजनिक निकायलाइ जवाफदेयी  बनाएकोले आफ्नो तर्फबाट पुरा सहयोग रहने बताएका थिए । अबको समयको माग  खुल्ला र पारदर्शी  राज्य प्रशासन रहेको बताउदै सुचना मागेर पाउने र नमागी दिने दुबै कार्यमा सार्बजनिक  निकाय  जिम्मेवार रहनुपर्नेमा प्र जि अ घिमिरेले जोड दिएका थिए ।
 कार्यक्रममा बोल्दै  सुचनाको हक प्रदेश अध्यक्ष ओम प्रकाश शर्माले सुशासन र पारदर्शीतको लागि नागरिक तहबाट गरिने अभियान  खबरदारीले भ्रष्टाचार न्यूनीकरणमा जोड दिने बताएका थिय। कार्यक्रममा पत्रकार  महासङ गन्डकी प्रदेश समि

तिका महासचिव गोबिन्द सुवेदी , क्षेत्रीय हुलाक निर्देशनालयका सुचना अधिकारी तुलसी प्रसाद आचार्य ले बिबादरहित भएर कार्यक्रम  चलाउन शुभकामना  दिएकाथिए ।
   सन्जाल कास्कीका अध्यक्ष  यदुनाथ बन्जाराले कास्किमा कृयासिल ४० जना अभियनताहरुलाइ सुचनाको हक ब्यबहारिक कार्यान्वयनमा कसरी जाने भन्ने बारेमा ब्यबहारिक  प्रशिक्षण  दिएका थिए।  पोखरा महानगरपालिकाको सहयोगमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।
  कार्यक्रमको उद्घाटन सत्रको सन्चालन सन्जालका कोषाध्यक्ष शुक्रराज कडेलले गरेका थिए भने स्वागत मन्तब्य सन्जालका सदस्य वसन्त चालिसेले व्यक्त  गरेका थिए ।

Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: